२०७८ असार १० , बिहिवार

प्रधानमन्त्रीको ओलीको उपस्थितिमा सीसीएमसी बैठक सुरु, कोभिड नियन्त्रण बारे छलफल

सुनाखरी न्युज/ काठमाडौं ।

 

कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएम्सी) को बैठक सुरु भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलेको संयोजकत्वमा रहेको सो समितिको बैठक प्रधानमन्त्री केपी शार्मा ओली समेतको उपस्थितिमा सुरु भएको हो ।
बैठकमा कोभिड रोकथाम, नियन्त्रण र उपचारको लागि हाल भइरहेका काम र आगामि रणनीतिको बारेमा छलफल हुने भएको छ । देशमा कोभिड संक्रमण बढ्दै गएपछि त्यसको रोकथाम नियन्त्रण र संक्रमितको उपचारको व्यवस्थाको लागि सरकारले चासो देखाएको हो ।

हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका मन्त्री, उच्च सरकारी अधिकारी, विज्ञ, अस्पताल सञ्चालक, अक्सिजन ग्याँस उत्पादक तथा निजी व्यवसायीसँग यस विषयमा छलफल गर्नुभएको थियो । सो क्रममा उहाँले सरोकारवालालाई विभिन्न निर्देशन दिनुभएको थियो ।

यसैगरी परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पनि हिजै १३ देशका नेपाली राजदुतसँग भर्चअल छलफल गरी संक्रमण नियन्त्रणको लागि आवश्यक सहयोग जुटाउनको लागि प्रवासी नेपाली तथा मित्रराष्ट्रसँग सहयोग जुटाउन निर्देशन दिनुभएको थियो ।