२०७८ जेठ ३० , आइतवार

बागमती प्रदेश प्रहरीद्वारा दुधौलि तालिम केन्द्र लाई डमी हतियार प्रदान

सुनाखरी न्युज/ काठमाडौं – बागमती प्रदेश प्रहरीले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीको प्रशिक्षण प्रदान गर्ने ईकाईहरुबाट हाल नियमित प्रयोग गरिने Original हतियार प्रयोग गर्दै आईरहेकोमा उक्त हतियारहरु विग्रने, फुट्ने तथा बेसावुत भई काम नलाग्ने हुँदा डमी हतियार प्रयोग गर्न लागिएको हो ।

 

बागमती प्रदेश प्रहरी कार्यालयको बार्षिक कार्य योजना-२०७७ मा उल्लेख भएको क्रियाकलाप अनुसार ५०० थान काठको डमी हतियार निर्माण गरी बागमती प्रदेश अन्तर्गतको प्रमुख तथा सहायक प्रशिक्षण प्रदायक ईकाईमा वितरण गरी प्रयोग गर्ने अवधारणा अनुरुप यस कार्यको थालनी गरिएको हो । यस कार्यालयको आन्तरिक स्रोत साधन तथा यसै कार्यालयको हातहतियार मर्मत शाखामा कार्यरत प्राविधिक प्रहरी जनशक्तिहरुबाट पहिलो चरणमा ५० थान काठको डमी हतियार निर्माण सम्पन्न गरिएको छ । Original हतियारको तौल र साईजमा निर्माण गरी बागमती प्रदेश प्रहरीको प्रमुख प्रशिक्षण प्रदान गर्ने ईकाई बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीलाई ५० थान काठको डमी हतियार प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाज्यूबाट हस्तान्तरण गरिएको छ ।

 

फायरिङ बाहेकको अन्य हातहतियार प्रशिक्षण कार्यमा सक्कली हतियार प्रयोग नगरी डमी हतियार प्रयोग गर्दा सक्कली हतियार टुट्ने, फुट्ने नभई हिफाजत हुने भएकोले Pilot Project को रुपमा बितरण गरिएका डमी हतियारहरुले पार्ने प्रभावलाई विश्लेषण गरि आवश्यकता अनुसार थप निर्माण तथा वितरण गरिदै जाने लक्ष्य रहेको छ ।