२०७८ असार ८ , मंगलबार

प्राबिधिक रुपमा सरकार टिक्नु बेग्लै कुरा हो, यो सरकार बाट मुलुक र जनताको हित हुन सक्दैन : कांग्रेसका केन्द्रीय सदस्य – गिरी

सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले संसदको बिश्वास गुमाइसकेको मात्र ९३ जना सांसदको समर्थन रहेको सरकार टिक्नु वा पुनर्नियुक्ती हुनु प्राबिधिक कुरामात्र हो एमाले अध्यक्ष के पी ओलीको सरकार रहे सम्म मुलुक र जनताको हित हुन नसक्ने धारणा व्यक्त गर्नु भएको छ ।

 

आज एक रेडियो अन्तरबार्तामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले दोस्रो चरणको कोरोना संक्रमण र त्यसको तिब्रगतीमा फैलावटका कारण आम नेपाली जनताको स्वस्थ्य अबस्था एबं जनजिबन महासंकट परेको बर्तमान अबस्थामा अलोकतान्त्रिक ढंग बाट सत्तामा बसिरहेको एमाले ओलीको सरकार मस्त निन्द्रामा छ, प्रधानमन्त्रीको पुनर्नियुक्ती र सरकार गठनले नेपाली जनतामा कुनै उत्साह ल्याउन सकेन भन्नुहुदै ओली सरकारको रबैया बाट संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र नचाहने सानो समुह भने धमिलो पानीमा माछा मार्न पाइन्छ कि भन्ने हरु भने उत्साही देखिएका छ्न भन्ने धारणा राख्नु भएको छ । सोही रेडियो अन्तरबार्तामा सरकारको लापरबाही को कारण संक्रमण फैलिएको आरोप लगाउदै नेपाली कांग्रेस केन्द्रीय सदस्य किरण गिरीले बजार अभाव नियन्त्रण गर्न र खाद्य पदार्थको कृतिम मुल्य वृद्धि हुन बाट रोक्न नसक्नुले यो सरकार मुलुक र जनता प्रती जिम्मेवार हुन नसकेको धारणा व्यक्त गर्नु भयो ।

 

माहामारिको समयमा जनता संग हातेमालो गरेर अगाडि बढ्नु पर्ने सरकार बालुवाटार र सिंहदरबारमा मात्रै केन्द्रित रहेको धारणा राख्दै केन्द्रीय सदस्य गिरीले यो सरकार रहे सम्म संबिधान र लोकतन्त्र समेत कमजोर भैरहने धारणा राख्नु भएको छ ।मुलुकमा एक थान सरकार रहनु ठुलो कुरा होइन आम नेपाली जनता कोरोना महामारी बाट जोगिनु र स्वास फेर्ने अक्सिजन प्राप्त गर्नु अत्यन्तै ठूलो कुरा भएकोले जनता को जीवन रक्षामा केन्द्रित हुन बर्तमान सरकार लाई आग्रह गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य किरण गिरी ले आफ्नो पार्टी नेपाली कांग्रेस सब तह र तप्काका नेता कार्यकर्ता हरु यतिबेला मुलुकको सबै ठाउबाट स्वस्थ्य मापदण्ड र भौतिक दुरी कायम राख्दै कोरोना संक्रमित हरुको सेबा र उद्दारमा लागेको जानकारी दिनु भएको थियो। एउटा बेग्लै प्रश्न को जवाफ दिने क्रममा कांग्रेस सदस्य गिरीले भन्नुभयो – १४ महाधिवेशन तयारीका सन्दर्भमा ४५ जिल्ला र ८० निर्बाचन क्षेत्र बाट क्रियाशील सदस्यहरुको प्रारम्भिक नामावली सार्बजनिक भैसकेको जनाउदै बाकी जिल्ला र क्षेत्रहरूको क्रियाशील सदस्य हरुको नाम समेत चाडैनै सार्बजनिक गरिने बताउनु भएको छ ।

 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा महाधिवेशन हुन्छ त ? भन्ने प्रश्न को जवाफमा कांग्रेस केन्द्रीय सदस्य किरण गिरी भन्नुहुन्छ – भाद्र ७,८,९ र १० गते काठमाडौं मा १४ महाधिवेशन सम्पन्न गर्ने गरि काम सम्पन्न भैरहदा बैशाख १६ गते देखि भएको निषेधाज्ञाका कारण स्थानीय अधिबेशन प्रभावित हुने संभावना देखिन्छ । महामारीको कारण निषेधाज्ञा अझै कति लम्बिने टुङ्गो छैन । सरसर्ती हेर्दा केन्द्रीय महाधिवेशनको मिति प्रभावित हुन सक्ने संभावना लाई नकार्न सकिँदैन । आबश्यक पर्‍यो भने महाधिवेशनको नयाँ कार्यतालिका सहमतिका आधारमा नेपाली कांग्रेसले निर्धारण गर्ने नै छ । मेरो ब्यक्तिगत धारणाको कुरा गर्नु हुन्छ भने – मुलुकको बिध्यमान कोरोना संक्रमण महामारी र राजनीतिक परिस्थिति को मूल्याकंन र विश्लेषण गर्दै राजनीतिक , ब्यबहारिक र न्यायीक निरुपणका साथ नेपाली कांग्रेस ले १४ औ महाधिवेशनको नयाँ मिति तय गर्नु अत्यावश्यक देखिन्छ । नेतृत्व बिच सहमति पुर्ण निर्णय गर्दै महामारी र संभाब्य चुनाब पछि मात्रै महाधिवेशन तय गर्नु उचित र उपयुक्त देखिन्छ भन्ने धारणा नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले राख्नु भएको छ ।