२०७८ जेठ ३० , आइतवार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं – सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ तोकेको छ। गत शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा सुन स्थिर थियो। चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको छ।

 

गत शुक्रबार तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रति औंस १८४३.९० अमेरिकी डलर कायम भएको छ। शुक्रबार सुन प्रति औंस १८१७. ९३ डलर थियो।