२०७८ असार ७ , सोमवार

राष्ट्रपतीको निरीहता देख्दा नेपालीहरु चकित: डा. लोहनी

सुनाखरी न्युज/ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले भने, नेपाली जनताले राजनैतिक स्थिरता गतिशिलताको संयोजनमा अडेको गुणस्तरिय आर्थिक विकाशको आशा गरेका थिए । तर देशको राजनैतिक अवस्था देख्दा जनताहरु निराश भएका छन ।

 

सपथ ग्रहण समारोहमा राष्ट्रपती बाट उल्लेखित ” प्रतिज्ञा गर्दछु ” भन्ने शब्द लाई प्रधानमन्त्रिले माइक बाटै सबैले सुन्ने किसिम बाट  त्यो पर्दैन भनि अस्विकार गर्दा र त्यस बारे सम्माननीय राष्ट्रपतीको निरीहता देख्दा नेपालीहरु चकित भएका छन् ।

 

सम्माननीय राष्ट्रपती बाट सारा देशको सामु ब्यक्त भएको औपचारिक सपथका शब्दहरु लाई सार्बजनिक कार्यक्रममा के कसैले ठाडै नकार्न मिल्छ ? के यो अधिकार संबिधानले मन्त्रि या प्रधानमन्त्रि लाई दिएको छ। के यस्तो व्यवहारले राष्ट्रपति पदको गरिमा जोगाउछ ?