२०७८ असार ७ , सोमवार

छुरा प्रहार गरि हत्या, हत्यामा संलग्न ३ जना पक्राउ

सुनाखरी न्युज/ मोरङ – मोरङ लेटाङ-३ त्रिशुली चोक स्थितमा सोही स्थानका २२ बर्षीय रोमन राईको छुरा प्रहार गरि हत्या भएको छ ।

 

हत्यामा संलग्न सोही स्थानका २१ बर्षीय शुसिल दर्जी, २० बर्षीय दिल बहादुर लिम्बु र भुपाल लिम्बु रहेका छन् । उनिहरुले शुक्रबार राती पौने ९ बजे पुरानो रिसिईबीको कारण राईलाई पेटमा छुरा प्रहार गरि घाईते बनाई फरार भएका थिए । घाईतेको विराट नर्सिङहोम विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको छ ।

 

छुरा प्रहार गरि फरार रहेकाहरुको ईलाका प्रहरी कार्याल लेटाङबाट प्रहरी टोली खटि गई खोजतालस गरि घटनामा संलग्न रहेका तिनै जनालाई पक्राउ गरि उनिहरु उपर आबश्यक अनुसन्धान भईरहेको छ ।