२०७८ जेठ ३० , आइतवार

के एल दुगड समुहको सहयोगमा दैनिक ४०० जना लाई खाना खुवाउने कार्यक्रम

सुनाखरी न्युज/ काठमाडौं – नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तीनका आफन्तहरुलाई २ महिनासम्म खान पुग्ने खाद्यान्ह के एल दुगड ग्रुपले उपलब्ध गराउने भएको छ ।

 

कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै स्थानिय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई के एल दुगड ग्रुपले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो । बाँके र यस आसपासको जिल्लाहरुबाट आएका संक्रमित र तीनका कुरुवा आफन्तहरुलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवी ले सहुलियत मुल्यमा खाना खुवाउने प्रबन्ध मिलाएका छन । प्रत्येकदिन बिहान २ सय जना र बेलुका २ सय जना संक्रमित तथा तीनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम संचालनमा ल्याईएको कार्यक्रम को शुभारम्भ मा अशोक कोइराला ले बताउनु भयो ।

 

‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटल ब्यवसायी डराईरहेको अवस्था र किनेरै खान्छु भन्दा पनि पानी समेत नपाएको कारुणीक अवस्था देखेपछि हामीले अभियान चलायौं ।’ कोईरालाले भने ।