२०७८ असार १ , मंगलबार

नेकपा माओवादी केन्द्रका प्रबक्ता श्रेष्ठ कोभिड रोकथाम तथा नियन्त्रण र संक्रमितहरुको सहयोगमा सक्रिय

मिलन ढकाल/ गोरखा – नेकपा माओबादी केन्द्रका प्रबक्ता तथा नेता नारायणकाजी श्रेष्ठको पहलमा बिश्वब्यापी महामारी नोवल कोरना भाइरस कोभिड 19 को दोस्रो लहर लाई मध्यनजर गरि गृह जिल्ला गोरखाको जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय गोरखाको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा बिभागको सहकार्यमा कोभिडको उपचारमा अत्ति आवश्यक पर्ने ।

1. Surgical Masks – 5000 Pcs
2. P. P.E – 200 Pcs
3. Gloves – 300 Pair
4. Sanitizer. – 35 Ltr.
5. Antigen Kit. – 100 Pcs
6. N 95 Masks. – 50 Pcs
7. Face Shield. – 50 Pcs
8. Venturi Masks – 5 Pcs

सामाग्री उपलब्ध गराइएको छ कोरोना भाइरस कोभिड 19 को पहिलो लहर देखिनै सकृय भएर कोभिड 19 रोकथाम तथा नियन्त्रण र संक्रमितहरुको उपचारमा सहयोग को लागी सक्रिय रहदै आएका नेता श्रेष्ठले यस अघि पनि जिल्लामा आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आइरहेका थिए भने आफुले पाउने रास्ट्रिय सभाको सांसदको १ बर्षको तलब र भत्ता पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा दिने घोषणा गरेर उदाहरणीय काम गरेका थिए ।

उता कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र भाइरस बाट संक्रमित बिरामी हरुलाई सहयोग गर्न उदेश्यले नेता श्रेष्ठको निजि सचीवालय अन्तर्गतको covid – 19 volunteer service ( cvs) समेत पहिलो लहर देखिनै गठन गरि भाइरस बाट संक्रमीत बिरामीहरु लाई सहयोग गरिदै आएको छ ( cvs) ले अहिले हाल कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट सहितको यो विषम परिस्थितिमा सामान्य लक्षण देखापरेको तर लकडाउनको कारण PCR टेस्टको लागि हस्पिटलसम्म जान नसकेका र कोभिड भई उपचारको लागि हस्पिटलसम्म जान नसकेका र निको भई बासस्थान जानुपर्ने संक्रमितका लागि काठमाडौ उपत्यकाभित्र रहेका नागरिकलाई उपचारमा सहयोग होस् भन्ने उद्देश्यले Rapid Rescue Team को रूपमा निशुल्क गाडीको व्यवस्थापन गरेको (cvs) का संयोजक इन्द्रराज भट्टराईले जानकारी दिनुभएको छ समस्यामा परेका व्यक्तिहरुले उल्लेखित नम्बरहरुमा सम्पर्क गर्न सक्ने बताइएको छ।

(इन्द्रराज भट्टराई -९८५१०६०५८८/उत्तर कुमार श्रेष्ठ – ९८५११५९२०३)