२०७८ असार ६ , आइतवार

जोन्टा क्लव अफ काठमाडौँद्वारा कोभिड १९ विरुद्ध जुँध्न परोपकार अस्पताललाई ४ वटा अक्सिजन कन्सनट्रेटर प्रदान

सुनाखरी न्युज/ काठमाडौं – कोभिडका केसहरुमा भर्खरको वृद्धिले देशभरका अस्पतालहरुमा अक्सिजनको अभाव देखा परेको छ। यो अवस्था विशेष गरी गर्भवती र भर्खरका आमाहरु जो कोभिडबाट संव्रmमित छन् उनीहरुको लागि गम्भीर रहेको छ।

यही कोभिडको सङ्क्रमणको संख्यामा बढ्दै गएको प्रतिकृया को अनुरुप जोन्टा क्लव अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुतिगृह) लाई चार वटा अक्सिजन कन्सनट्रेटर दान गरेको छ। चार वटा अक्सिजन कन्सनट्रेटरहरु हिजो अस्पतालका हेड कोभिड विङका इन्चार्ज डाक्टर सुवेदीलाई हस्तानतरण गरियो।

 

अप्रिल २०२० मा पहिलो लकडाउनकोक्रममा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौँ र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चाहरुलाई किटहरुको वितरण सहित जोन्टाले कोभिडको विरुद्ध लडाईमा लिएको यो धेरै मध्यको एक पहल हो। जोन्टा क्लवअफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले भनिन् “महिला र बालबालिकाको सुधारको लागि काम गर्ने अभियानका साथ हामीआशावादी छौं कि यो समर्थनले खाँचोमा परेकाहरूलाई सहयोग गर्ने छ ।“