२०७८ जेठ ३० , आइतवार

अक्सिजन वितरणको जिम्मा स्वास्थ्य मन्त्रालयले लियो, कोटा अनुसार पाउने आश्वासन

सुनाखरी न्युज/ काठमाडौं-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  अक्सिजन वितरणमा समस्या देखिएको निष्कर्ष निकाल्दै वितरणको जिम्मा आफैं लिने निर्णय गरेको छ। यसअघि अक्सिजन वितरणको जिम्मा ‘कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र’ सिसीएमसीले गर्दै आएको थियो।

 

उनले अक्सिजन वितरणलाई सहज र प्रभावकारी बनाउन सिसीएमसीभन्दा मन्त्रालयलाई बढी थाहा हुने भन्दै त्यसमा डाक्टरी बुझेकै मान्छे चाहिने जनाए।  सिसीएमसीले कोटा प्रणाली अनुसार अक्सिजन वितरणको समन्वय गर्दै आएको थियो। तर धेरै अस्पतालले कोटा अनुसार अक्सिजन सिलिण्डर नपाएको गुनासो पोखेका थिए।

उपत्यकामा मात्रै ११ वटा अस्पतालले अक्सिजन अभाव रहेको भन्दै संक्रमितको उपचार गर्न नसकिने बताइसकेका छन्। यसरी अस्पतालहरूले भटाभट अक्सिजन अभावमा उपचार गर्न नसकिने जनाएपछि मन्त्रालयले वितरणलाई सहज बनाउने दाबी गर्दै सो को जिम्मा आफैं लिने निर्णय गरेको हो।

प्रवक्ता गौतमले अब वितरणमा समस्या नआउने भन्दै अस्पतालले आवश्यक अक्सिजन पाउने दाबी गरे। ‘