२०७८ असार २ , बुधवार

बहुप्रतिक्षित“रियलमी सी११ २०२१”फोन सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं – रियलमीको बहुप्रतिक्षित मोबाइल फोन “रियलमीसी ११ २०२१“नेपालमा सार्वजनिक गरिएको छ । आज सार्वजनिक भए लगतै “रियलमी सी ११ २०२१“आजदेखि बजारमा उपलब्ध भएको छ ।

 

विश्वमा आक्रामक रुपले आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड रियलमीको सी सिरिजको फोन अविश्वसनीय मूल्यका साथ विशिष्ट प्रदर्शनीका कारण विशेषगरी युवाजमात माझ इन्ट्रीलेभल फोनको विगत दृस्टीकोण लाई परिवर्तन गरी शानदार उपस्थिति जनाएको फोनको रुपमा चिनिन्छ ।“रियलमी सी ११ २०२१“अन्य रियलमी सी सिरिजका इन्ट्रीलेभलको फोन जस्तैबलियो छ, यसका अलावा यो टिकाउ ब्याट्री, सशक्त प्रदर्शनी, ठूलो डिस्प्ले र समग्र रुपमा युवा तथा अधिकांश उपभोक्ता लाई मध्यनजर गरी डिजाइन गरिएको छ ।

 

५०००एमएएच ब्याट्री
“रियलमी सी ११ २०२१“विशाल ५०००एमएएच ब्याट्रीका साथबजारमाआएको छ, जोदिनभर अत्यधिकउपयोगगर्दा समेत लामो समयसम्मकालागि टिकाउ रहन्छ । रियलमीको प्रयोगशालामा परीक्षणका क्रममा देखिएको तथ्यांकअनुसार यसको ब्याट्री निरन्तर युट्युब चलाउँदा १७ घण्टासम्म, निरन्तर फोनमाकुरा गर्दा ३७ घण्टासम्म र निरन्तर संगीत सुन्दा १०८ घण्टासम्म टिक्दछ । यसैगरी स्टान्डबाइ रुपमा राखिमात्र राख्ने हो भने यसको ब्याट्री ४३ दिनसम्म टिकाउ रहेको देखिएको छ ।

यसैगरी मोबाइलमापावर सेभिङ मोड पनि छ जसले सामान्यताप्रयोग भइरहने मुख्य ६ वटा एपचलाउंदासमेत अधिकतम ब्याट्री बचत गर्दछ । त्यसैले ब्याट्रीमा चार्ज कमभएको छ तरतपाईँ चार्ज गर्ने अवस्थामाहुनुहुन्नभने पनितनावलिनआवश्यक छैन, बस सुपर पावर मोड अन गर्नुस् र ढुक्क हुनुस् । यसका साथै यसमा छन सफ्टवेयर अप्टिमाइजेशनविशेषताहरु जस्तै एपक्वीकफ्रिजले ब्याकग्राउण्डका सुस्त एपमाखपतहुने पावर घटाउने, स्क्रीन ब्याट्री अप्टिमाइजरले डिस्प्ले इफेक्ट कमगरि फोनको स्थिरता बढाउँछ, स्लीप स्ट्यान्डबाइ अप्टिमाइजरले फोनलाई निम्नमोडमा चलाउन मद्दत गर्ने भएकाले प्रयोगकर्ताले एक उत्तम स्मार्टफोन ब्याट्रीको अनुभूतियसमागर्न पाउनेछन् ।

 

६.५ इन्च डिस्प्ले र ओक्टा कोर प्रदर्शन
“रियलमी सी ११ २०२१“मा६.५ इन्च (१६.५ सीएम) को ठूलो एलइडी डिस्प्ले प्रयोग गरिएको छ । यो एक फुल–स्क्रिन मिनीड्रप स्क्रिन हो जसले सामाजिक सञ्जालचलाउँदा, गेम खेल्दा र भिडियो हेर्दा तपाईँलाई भच्र्युल दुनियाँको गहिरो आनन्ददायीअनुभूति दिलाउँछ । यसको एचडी प्लस रिजोलुशन डिस्प्लेले ४०० निटसमाथिकोउज्ज्यालो र ८९.५ प्रतिशतआकर्षक स्क्रीन बडी अनुपात छ ।
फ्रेम बाहिर विशालडिस्प्लेमा रहेको छ ओक्टा कोर प्रोसेसरसंगजोडी मिलेको २ जीबी ड्युलच्यानल एपीडीडीआर४एक्स र्याम र २५६ जीबीसम्मको माइक्रोएसडी कार्ड राख्नसकिने ३२ जीबीस्टोरेज रहेको छ । उच्चश्रेणीको ४ एक्स र्यामको प्रयोग तपाईँकालागिलाभदायी छ किनभने यसले पावर खपत१७प्रतिशतकम गरेको छ भने प्रदर्शन १५प्रतिशतले वृद्धि गरेको छ ।

 

एन्ड्रोइड ११ माआधारित रियलमीयु आई संस्करणको यस फोनले उपभोक्तालाई अधिकआनन्द र सहज उपयोगको अनुभूति दिन्छ । “रियलमी सी ११ २०२१“मा एलइडी फ्ल्यासका साथ ८ एमपीपछाडिको क्यामेरा रअति सानो मिनी ड्रप नोचमा चिटिक्क मिलाएर ५ एमपी सेल्फीक्यामेरा रहेको छ । वाइफाइ, ब्लुटुथ, फोरजी कनेक्टिभिटी, बढाउन योग्य स्टोरेज र सुविधाजन्य त्रिपल कार्डस्लट जस्ता तपाइलाई चाहिने सबै आधारभूत विशेषता यसमा छन् । यी सबैका साथ रियमलीले उच्च क्वालिटी कायमगर्नुका साथै विश्वसनीय, टिकाउ, गुणस्तरीय रहेको छ । कम्पनीका अनुसार ’तालनीलो’र ’फलामे–खैरो’दुई रङ्गमा उपलब्ध“रियलमी सी ११ २०२१“को मूल्य १२ हजार ९९० छ ।