२०७८ असार १ , मंगलबार

सुनको मूल्यमा सामान्य बृद्धि

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९१ हजार चार सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । बिहिबार सुनको मूल्य तोलामा चार सयले घटेको थियो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य १३३० रहेको महासंघले जनाएको छ ।