२०७८ असार ६ , आइतवार

नेपाली कांग्रेसको ४५ जिल्लाका ८० निर्बाचन क्षेत्रको क्रियाशील सदस्यहरुको प्रारम्भिक नामावली सार्बजनिक

सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले दिनु भएको जानकारी अनुसार नेपाली कांग्रेसले आगामी १४ महाधिवेशन तयारीको प्रारम्भिक आधार क्रियाशील सदस्यता इण्ट्री , छानबिन र सार्बजनिक गर्ने कामलाइ तीव्रता दिएको छ ।

 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पुऱ्याइ विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका विवरण पार्टीको आधिकारिक वेबसाइट www.nepalicongress.org मा बैशाख ३० गते बिहीबारसार्वजनिक गरेको हो ।

 

शुरुवातमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रका केहीको नवीकरण र नयाँ तथा केहीको नवीकरण मात्रको प्रस्तावित नामावली सरोकार पक्षको जानकारीका लागि सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गतेको निर्णयानुसार उक्त विवरण सार्वजनिक गरिएको बताइएको छ । सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजूरी वा गुनासा भएमा [email protected] ठेगाना मार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले आगामी जेठ ७ गतेभित्र लिखित गुनासो पठाउन सक्ने पार्टीको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव रिजालले जानकारी समेत दिनुभएको छ ।

 

साथै डा. प्रदीप पराजुली ९८५१०४४०६५, केशव रिजाल ९८५११२९०७८ र रामचन्द्र घिमिरे ९८५११२४१९८ लाई पनि जानकारी गराउन सकिने नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । सार्वजनिक गरिएका प्रस्तावित नामावलीमाथि परेका उजूरी र गुनासाका सम्बन्धमा समितिले गरेको निर्णयानुसार प्रस्तावित नामावलीको अन्तिम सूची कायम हुनेछ । कम्प्युटर इन्ट्री भएका बाँकी जिल्ला र क्षेत्रको प्रस्तावित नामावली पनि क्रमशः सार्वजनिक गरिने नेपाली कांग्रेस द्वारा बैशाख -३० गते जारी गरिएको प्रेस बिज्ञाप्तीमा जनाइएको को छ ।

 

कोभिडको दोस्रो भेरियण्ट महामारी को नियन्त्रण गर्न सरकारले लगाएको निषेधाज्ञाको बाबजुद पनि नेपाली कांग्रेस क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति र नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अधिकारीहरु अहोरात्र सक्रियताका साथ खटिइरहनु भएको जानकारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरी ले जानकारी दिनुभएको छ ।

 

क्रियाशील सदस्य सार्बजनिक भएका जिल्ला हरुको पुर्ण विवरण यश प्रकार छ :-