२०७८ असार ६ , आइतवार

बलिउड अभिनेता सलमान खान अभिनित ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा

सुनाखरी न्युज/ काठमाडौं – नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित ‘राधे’ प्रसारण गरेको छ । प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ ।

 

बिद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केही हद सम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने छ । मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ । ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्नु हुनेछ वा www.cleartv.com.np/mod बाट फिल्म सम्बन्धी एवम्ं सेवा सम्बन्धी थप जानकारी लिन सक्नुहुनेछ ।

 

सुबिसुका बारेमा :
सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट (WAN Ethernet),, होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit),एम.भि.पि (MVP)डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

 

Clear TV का बारेमा :
Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायककम्पनीको उत्पादनहो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो जसले MPEG4 Standard Definition र High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।