२०७८ असार १ , मंगलबार

घट्यो सुनचाँदीको मूल्य

सुनाखरी न्युज/ काठमाडौं – विहिबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सयले घटेर ९१ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैँयाले घटेर प्रतितोला १३३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।