२०७८ असार १ , मंगलबार

कांग्रेस सह महामन्त्री थापाको प्रश्न : प्रधानमन्त्री ज्यु सरकार कहाँ छ ?

सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेसका सह महामन्त्री थापाले प्रश्न गर्नु भएको छ ।  प्रधानमन्त्री ज्यु सरकार कहाँ छ ? नेपाली कांग्रेसका सह महामन्त्री सुनिल बहादुर थापा ले मुलुक बर्तमान जनजीवन र कोरोना महामारीको अबस्था चित्रण गर्दै बुधागत तथ्यहरु सहित आफ्नो धारणा सार्बजनिक गर्नु भएको छ :-

 

•”” अक्सिजन नभएको भन्दै काठमाडौं उपत्यकाका अस्पतालले भने- संक्रमितको उपचार गर्न सकिन्न ।
• काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अक्सिजन अभावमा जुनसुकै बेला पनि अकल्पनीय घटना हुन सक्नेतर्फ सचेत गराएको छ ।
• सरकारले तोकेको कोटाअनुसार अक्सिजन प्राप्त भएन– नर्भिक अस्पताल ।
• भक्तपुर अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी / अक्सिजन कम्पनीदेखि सिसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालयसम्मलाई दिनभर हारगुहार गर्दा पनि अक्सिजन नआएपछि समस्या परेको बताइन् ।
• अक्सिजन माग्दै सीसीएमसीदेखि मन्त्रालयसम्म हारगुहार गर्नुपर्यो’।
• भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार दिन नसक्ने बताएको छ ।
• कोरोनाको खोपमा भएको भनिएको कमिसनको चलखेल छानविन गर्न माग गर्दै दर्ता गर्न खोजिएको रिट सर्वोच्च अदालतले फिर्ता गरेको छ ।
• ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने ।
• रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ ।
• राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको अस्वभाविक मूल्य वृद्धि गर्नेलाई कारबाही गर्न भन्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ”” नेकपा ओलीको सरकार भने दिनदिनै भ्रष्टाचारमा चुर्लुम्म डुब्डै गइरहेको आरोप लगाउदै नेपाली कांग्रेसका सह महामन्त्री सुनिल बहादुर थापाले आज बृस्तृत रुपमा मुलुक र जनता अवस्था बारे आफ्नो धारणा व्यक्त गर्नुभएको हो ।