२०७८ असार २ , बुधवार

घाँस काट्न जाँदा लडेर मृत्यु

सुनाखरी न्युज/ ओखलढुंगा – ओखलढुङगा मोलुङ गाऊपालिका ५ लिस्पु का ६५ बर्षीय युवराज नेपालको घाँस काट्न गएको अवस्थामा लडेर मृत्यु भएको छ ।

मंगलबार बिहान ६ बजे उनि घरबाट गढी जंगलमा घास काट्न गएकोमा अबेर सम्म पनि घर फर्कि नआए पछी परिवारले खोजतालस गर्दै जाँदा बाटो देखी अन्दाजी २५ मिटर तर लडी घाईते अबस्थामा फेला पारेका थिए । घाईतेको घरमा ल्याई उपचारको लागी लैजाने तयारी गर्दै गर्दा दिनको ३ बजे मृत्यु भएको छ ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई बुझ्ने कार्य भईरहेको छ ।