२०७८ जेठ ३० , आइतवार

जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा पर्वत जिल्ला अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण

सुनाखरी न्युज/पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वत जिल्ला अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर हस्तान्तरण गरेको छ ।

 

विश्वव्यापी रुपमा फैली रहेको नया भेरियन्ट सहितको कोभिड- १९ को संक्रमण नेपाल भर तिब्र रुपमा बढिरहेको र पर्वत जिल्लामा समेत कोभिड -१९ संक्रमणको दर तिव्र रुपमा बढिरहेकोले अस्पतालमा विरामीको चाप बढ्न सक्ने हुँदा उपचारार्थ विरामीहरुलाई सहज तरिकाले उपचार गर्नको लागि जिल्ला अस्पताल पर्वतलाई जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न संघ संस्थाहरुबाट संकलन गरिएका ११ वटा भरी र १५ वटा खालि सिलिण्डर गरी जम्मा २६ वटा अक्सिजन सिलिण्डरहरुपर्वत जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ ।

सि.नं. संघ संस्थाहरुको नाम परिमाण संकलन लिए पश्चात बुझाएको निकाय
खालि भरी
श्री यति धौलागिरी हाडवयर्स १० जिल्ला अस्पताल पर्वत
दि क्लिफ नेपाल(बन्जी)
सुग्रित ईञ्जिनियरिङ वर्क सप
श्री कृष्ण फर्निचर एण्ड ग्रिल उद्योग
कालिका वर्कसप
जम्म्मा १५ ११