२०७८ असार ६ , आइतवार

पूर्व प्रधानमन्त्री खनालले जिते कोरोना, आज अस्पतालबाट डिस्चार्ज हुने

सुनाखरी न्युज/ काठमाडौं – कोरोनाभाइरस संक्रमण भई नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन्।

 

बैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको अस्पतालले जनाएको छ ।

अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भएको र २ दिनअघि स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । चिकित्सकहरुको सल्लाहअनुसार खनाल आज डिस्चार्ज हुँदैछन् ।