२०७८ असार ६ , आइतवार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजार कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य १३४५ रहेको महासंघले जनाएको छ ।