२०७८ असार ६ , आइतवार

संस्थापक अध्यक्ष शाक्यको निधनमा सुनचाँदी ब्यवसायी संघ ललितपुर स्तब्ध

सुनाखरी न्युज/ काठमाडौं ।
ललितपुर सुनचाँदी ब्यवसायी संघका संस्थापक अध्यक्ष एवं नेपाल सुनचाँदी ब्यवासयी संघका निवर्तमान उपाध्यक्ष त्रानुराजा शाक्यको निधन भएकोमा ललितपुर सुनचाँदी ब्यवसायी संघले दुःख ब्यक्त गरेको छ । संघले शोमबार एक विज्ञप्ति जारी गर्दै स्वर्गिय शाक्यको निधनले मुलुकभरका सुनचाँदी ब्यवसायी स्तब्ध भएको जनाएको हो ।
‘६२ बर्षको अल्पायुमा नै स्वर्गिय शाक्यको निधन भएकोमा हामी स्तब्ध भएका छौं,’ ललितपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष रमेश बहादुर शाक्यले भन्नुभयो ‘समग्र सुनचाँदी ब्यवसायीकालागि यो अपुरणिय क्षति हो ।’ स्वर्गिय शाक्यको २०७८ बैशाख २४ गते असामयिक निधन भएको थियो ।

संघको विज्ञप्ति जस्ताको तस्तैः