२०७८ असार १ , मंगलबार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजै संसदमा विश्वासको मत लिन लागेका ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। एक मन्त्रीले बैठक बोलाइए पनि एजेण्डा जानकारी नभएको बताए ।