२०७८ जेठ ३० , आइतवार

कोरोना महामारीमा आफ्नो ज्यान आफै जोगाउं सरकारले जोगाउने भनेको त आफ्नै कुर्सी मात्रै हो: कांग्रेस केन्द्रीय सदस्य – गिरी 

सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले हामी कोरोना महामारीको नयाँ भेरियन्टको संक्रमणमा छौ । यतिबेला हाम्रो दाइत्व भनेको यो महामारी बाट आफू , आफ्नो परिवार , समाज र मुलुकभरका जनता जनार्दन लाई बचाउनु नै हो भन्नुभएको छ । कोरोना महामारी , ओली सरकारको निरंकुशता र जनता को स्वास्थ अबस्था बारे एक अपील बक्तब्य प्रेषित गर्दै कांग्रेस केन्द्रीय सदस्य गिरीले भन्नुभएको छ :-

 

सरकारले ले बचाउने भनेको त आफ्नो कुर्सी मात्रै हो । हामी जनताले आफ्नो रक्षा आफै गर्नु पर्दछ । झन ओली सरकार त एउटा निरंकुश तानाशाह जस्तै यतिबेला निरंकुश , अलोकतान्त्रिक , असंवैधानिक र अधिनायकवादी बाटोमा लम्कदै छ । उसलाई जनता जिबन रक्षा गर्ने फुर्सदै छैन जस्तो देखिन्छ । उच्च मनोबल र बलियो आत्माबिस्वास लिएर सदा सकारात्मक र रचनात्मक बन्नु हाम्रो पहिलो र अनिवार्य कर्तव्य हो । मानवता विरुद्ध आएको यो महामारी लाई हामी परास्त गर्नै पर्दछ । यतिबेला कोरोना प्रभावित जन स्वास्थ र सो संग सम्बन्धित समाचार , तथ्यांक र दृश्य हरु अतिरंजन एबं उत्तेजनात्मक नभइकन बिनम्र ढंगले सालिनता पुर्बक संप्रेषण गर्नु गराउनु हाम्रो दाइत्व पनि हो भन्ने धारणा बक्तब्य मार्फत अपील गर्नुभएको छ ।

 

कोरोना संक्रमण अबको एक महिना अझै जटिल रुप हामी सामु आउदै छ भन्ने स्वस्थ्य बिज्ञ हरुको दाबी छ । हरेक दिनको समाचारमा कोरोना संक्रमितको संख्या र मृत्युको संख्या आज सम्मको सबै भन्दा बढी भनेर संप्रेषण गरिदै छ । यो क्रम कहिले सम्म जारी रहन्छ भन्न सकिदैन ,कांग्रेस केन्द्रीय सदस्य गिरी भन्नुहुन्छ । उच्च मनोबल र आत्माबिस्वास भन्दा ठूलो भ्याक्सीन कुनै छैन। निराशा र तनाव भन्दा ठूलो भाइरस अर्को होइन भन्ने धारणा राख्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरी ले आजा हामी जो जाहा छौं दृढता पुर्बक स्वस्थ्य मापदण्डअनुसार जीवन यापन गरौं भन्ने अपील समेत गर्नु भएको छ ।