२०७८ बैशाख ३१ , शुक्रवार

अष्ट्रेलियाका राजदूत दाहाल लाई फिर्ता बोलाउने निर्णय

Maheshraj-dahal

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषदको आइतबार बसेको  बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागीमार्फत जानकारी पाएको बताए ।