२०७८ बैशाख ३१ , शुक्रवार

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

PM

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओ‌लीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो साढे ३ बजे समसामयिक विषय र कोभिड १९ बारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको जानकारी दिएका छन्।

 

प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। यसअघि आइतबार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेका थिए।