२०७८ बैशाख ३१ , शुक्रवार

टाटा मोटर्सद्वारा महामारीबिरुद्ध अग्रपंक्तिमा कार्यरत ब्यक्तिहरुलाई बिशेष योजना सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं – नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. लेनोवल कोरना भाईरस महामारी बिरुद्ध अग्रपंक्तिमा कार्यरत ब्यक्तिहरुका लागि बिशेष योजना सार्वजनिक गरेको छ ।

 

यस प्रतिकुल परिस्थितिमा निरन्तर सेवा पुर्याउनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरु लगाएत यस महामारीमा अग्रपंक्तिमा रहेर सेवा पुर्याउनुहुने सम्पुर्ण ब्यक्तिहरु यस योजनामा सहभागिहुन सक्नुहुनेछ । यस योजना अनुसार कंम्पनिको पुर्वनिर्धारित सुविधाहरु बाहेक थप सुबिधा प्राप्त गर्न सक्नुहुनेछ । जसमा बिशेष नगद छुट रु १,५०,००० का साथ साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरु लाई थप रु ५०,००० नगद छुट, टाटा गाडीसंग जुनसुकै गाडी साट्दा रु ५०,००० एक्सचेन्ज वोनस, र टाटाको गाडीसंग टाटाको गाडी साट्दा लोयल्टी वोनस स्वरुप रु ३०,००० प्राप्त गर्न सक्नुहुनेछ । साथै गाडीहरुको होम डेलिभरीको सुविधा पनि रहेको छ ।

 

यस योजनामा सहभागीहुनचाहने यस महामारी बिरुद्ध अग्रपंक्तिमाकार्यरत ब्यक्तिहरुकालागि १ मे २०२१ देखि बुकिङ्गखुल्ला गरिएको छ भने ३१ मे २०२१ सम्म यस योजनामा सहभागिहुन सक्नुहुनेछ । साथै तलउल्लेखितलिङ्कमागई बिस्तृत जानकारी प्राप्त गर्न सक्नुहुनेछ । https://tatacars.sipradi.com.np/newforever

 

साथै यस आपतकालीन समयमा पनि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिनआयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएको खण्डमा, २४ घण्टा नै सेवामा खटिएको जानकारी गराईएको छ । सेवा लिन सिप्रदीको टोल फ्री नम्बरमा सम्पर्क गर्न सकिनेछ । 16600155777 (NTC)  9801575777 (NCELL)