२०७८ बैशाख ३१ , शुक्रवार

आज पनि बढ्यो सुनको मूल्य

Gold

सुनाखरी न्युज/ काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ९० हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको ९० हजारमा कारोबार भएको थियो ।

 

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैँयाले बढेर प्रतितोला १३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।