२०७८ बैशाख ३१ , शुक्रवार

सुधीर पराजुलीलाई आईसीटी एक्सिलेन्स अवार्ड

1

सुनाखरी न्युज/ काठमाडौं – यस वर्षको नेसनल आईसीटी एक्सिलेन्स अवार्डबाट सुधिर पराजुली सम्मानित भएका छन । चौंथो राष्ट्रिय सूचना तथा सन्चार प्रविधि दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधीमन्त्री पार्वत गुरुङले पराजुलीलाई सो अवार्ड प्रदान गरेका हुन् ।

पराजुलीले सम्मानस्वरूप प्रमाणपत्र सहित लाख रुपैयाँ नगद प्राप्त गरेका छन् । उनी इन्टरनेट सेवाप्रदायक सुबिसु का साथै इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष समेत हुन् । ह्वावे टेक्नोलोजी नेपाल कम्पनी प्रालि नेसनल आइसिटी अवार्ड प्राइभेट सेक्टरबाट सम्मानित भएको छ । सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट कार्य गरी सहयोग पुर्‍याएको भन्दै ह्वावेलाई यस्तो सम्मान प्रदान गरिएको हो ।

यसैगरी कार्यक्रममा कुशुम लामा नेसनल आईसीटी एक्सिलेन्स अवार्ड वुमनबाट सम्मानित भएकी छन् । सूचना तथा सञ्चार क्षेत्रको विकास र विस्तार अभियानमा विशिष्ट योगदानको कदर गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो । त्यस्तै महालेखा नियन्त्रक कार्यालय पब्लिक सेक्टरतर्फबाट सम्मानित भएको छ । सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोगबाट अधिकतम रुपमा सार्वजनिक सेवा प्रवाह गरेको भन्दै कार्यालयलाई यस्तो सम्मान दिइएको हो ।