२०७८ बैशाख ३१ , शुक्रवार

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. मा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत नियुक्ति

Capture

सुनाखरी न्युज/ काठमाडौं – यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौडेल लाई नियुक्त गरिएकोछ । उहाँको नियुक्ति संगै उहाँ बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत हुनु भएको छ भने अर्को तर्फ हाल सम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा उक्त गरिमामय पदमा बहाल हुन सफल हुनु भएको छ ।

 

विगत एक दशक भन्दा बढि कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयको Faculty of Management Studies FMS बाट एम.बि.ए सम्मको अध्ययन पुरा गनु भएको उहाँले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गर्नु भएको हो । उहाँ यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आउनु भएको थियो । उहाँको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उहाँलाई प्रम्ख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

 

कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट संभव हुने कुरामा विश्वास लिने उहाँ कर्मचारीको Team Work लाई विशेष ध्यान दिनुहुन्छ । उहाँको आगमन संगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा उहाँको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्ती संगै थप उचाईमा पुग्ने कुरामा विश्वास लिन सकिन्छ ।