२०७८ बैशाख ३१ , शुक्रवार

नागरिक एपको फुल भर्सन सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौँ – अफलाईन सेवालाई अनलाइन मार्फत सेवादिने उद्देश्यले सरकारले ल्याएको नागरिक एपको नयाँ तथा फुल भर्सन आज सार्वजनिक भएकाे छ। सरकारले आज मे २ अर्थात सूचना तथा सञ्चार प्रविधि (आईसीटी) दिवसको अवसरमा नयाँ फिचरका साथ नागरिक एप सार्वजनिक गरेको हो।

 

भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रम तथा नागरिक एपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। यस अघि गत माघमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ्ले नगारिक एपको वेटा भर्सन परीक्षणको क्रममा सार्वजनिक गरेका थिए।

 

के के थपिए फिचर ?

सरकारले सार्वजनिक गरेको नागरिक एपमा स्थायी लेखा नम्बर प्यान लिन सकिन्छ। त्यसैगरी पुलिस क्लियरेन्स रिपोर्टसमेत अनलाइन मार्फत लिन सकिने व्यवस्था गरिएको छ। त्यस्तै नागरिक एप मार्फत नागरिक लगानी कोष, कर्मचारी संचयकोष, सामाजिक सुरक्षा कोष र प्यानको विवरण समेत हेर्न सकिन्छ। साथै स्वास्थ्य बीमा कार्यक्रम समेत नागरिक एप मार्फत नै सञ्चालित भई जोडिन सकिने जनाइएको छ।

 

नागरिक एप मार्फत नै हेलो सरकारबाट गुनासो टिपाउन सकिने सुविधा पनि दिइएको छ। सरकारले आवश्यता अनुसार सरकारी सेवाहरुलाई अनलाइनमा रुपान्तरण गर्नेगरी नागरिक एपलाई अगाडी सारेको हो। नागरिक एपको लागी आफ्नै नामको मोबाइल नम्बर आनिवार्य गरिएको छ।

 

अहिले नागरिकतामा भएको विवरण नागरिक एपमा नमिलेको भन्दै सेवाग्राहीले गुनासो समेत गरेको थिए। उपभोक्ताको सोहि गुनासोलाई सम्बोधन गर्ने गरी सरकारले नयाँ फिचर र सिस्टम सहित नागरिक एपलाई फुल भर्सनमा ल्याएको हाे। योसंगै सरकारी सेवा आंशिक रुपमा अनलाइन माध्यममा रुपान्तरण भइसकेको अवस्था छ। नागरिक एपले सरकारी कार्यालयलाई अनलाइन सेवामा जानेगरी यो प्रणाली अघि बढाएको हो।