२०७८ जेठ ३० , आइतवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

सुनाखरी न्युजर/काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । पोखरेलले आज पदबाट राजीनामा दिनुभएको हो । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ।

 

प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ।उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव आज प्रदेशसभाको विशेष अधिवेशनमा पेस हुँदै थियो ।