२०७८ बैशाख ३१ , शुक्रवार

हुन्डाइले शुरु ग¥यो आफ्ना ग्राहकका लागि “हटलाइन सेवा”

1

सुनाखरी न्युज/ काठमाडौं – हुण्डाइका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले आफ्ना ग्राहकहरुको लागी हटलाइन सेवा को शुरुवात गरेको छ । अहिले कोभिडद्वारा उत्पन्न भएको विषम परिस्थितिमा पनि हुण्डाइका सवारी चालकहरुलाई आपतकालिन सेवा प्रदान गर्न यो सेवा सुरु गरिएको हो ।

हुण्डाई आफ्नो ग्राहकहरुप्रति समर्पित रहँदै सदैव गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन प्रतिबद्ध छ । यो आकस्मिक हटलाइन सेवा पनि यसैको स्वरुप हो । यो सेवा काठमाण्डौ उपत्यकाका लागि सूचारु गरिएको छ र हटलाईन सेवाको लागी सम्पर्क नम्बर(मृनल ः ९८०१२०१५२० तथा राजेन्द्र ः ९८०१२३९२६०) तोकिएको छ ।