२०७८ बैशाख ३१ , शुक्रवार

च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटीद्वारा पीएसजी पराजित

1

सुनाखरी न्युज/ काठमाडौं – च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पेरिस सेन्ट जर्मेन पीएसजीलाई हराएको छ । बुधबार राति भएको खेलमा प्रिमियर लिग क्लब सिटीले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा फ्रान्सेली क्लब पीएसजीले मार्कुन्होसको गोलमा अग्रता लिएको थियो ।

 

दोस्रो हाफमा डी ब्रुईनको गोलबाट सिटी खेलमा फर्किएको थियो । खेलको ६४ औं मिनेटमा ब्रुईनले पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए । त्यसको ७ मिनेटपछि रियाद महरेजले गोल गर्दै सिटीलाई जित दिलाए । पहिलो लेगमा प्राप्त जितसंगै सिटी सेमिफाईनलमा बलियो बनेको छ । घरेलु मैदानमा पहिलो लेगमै पराजित बनेपछि पीएसजीलाई दोस्रो लेगमा थप दबाब बढ्नेछ । प्राप्त जितले सिटीले फाईनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।