२०७८ बैशाख ३१ , शुक्रवार

राष्ट्रिय गङ्गा नदी हरूकाे वन्दना सहित नेपाल आमाकाे महिमा

Capture

गाेपी ढकाल –

गण्डकी काैशिकी काेका राप्ती नारायणी तथा ।
वाग्मती तमसा शुक्ला त्रिशूली त्रियुगा प्रभा ।।

मेची काली तथा भेरी मर्स्याङ्दी स्वर्णदा नदी ।
अरूणा कनका सीता कमला पापनाशिनी ।।

मधू हिमतिला वृद्धा SSरूणा विष्णुप्रभा लिखू ।
राप्ती दुग्धवती स्वर्णा यशाेदा पद्मजा तथा ।।

कर्णाली वरूणा भाेटा कावेली च तिलाेत्तमा ।
गाेदावरी शुभा गङ्गा शङ्करी कष्टनाशिनी ।।

नेपालस्था इमा गङ्गा आसां दर्शनवन्दनात् ।
स्नानमात्रेण सर्वेषां नश्यन्ति पापराशय: ।।

गङ्गायां समीपे नित्यं वसन्ति सर्वदेवता ।
साधुसन्त महात्मान: तप: कुर्वन्ति सर्वदा ।।

 

माथि उल्लेख गरिएका नदीहरू सबै पवित्र गङ्गा मात्र हाेइनन राष्ट्रका गाैरव अनि साैरव पनि हुन । वेगले बग्ने जलासय मात्र हाेइनन …. तेजमय प्रकाशका श्राेत समेत हुन । भनिन्छ – अागाे र पानी परस्पर शत्रु हुन तर वेगमय जलकाे गर्भमा तेजमय अग्नि धारण गरेर बग्ने हुनाले तिनै जलासय बाट नै विद्युत ( बिजुली ) उत्पादन हुन्छ त्याे नै अग्नि हाे ……. जसरी दही मन्थन गरेपछि नाैनी घ्यू निस्कन्छ । नेपाल आमा भनेकी इतिहासकि माता अथार्थ आमा हुन भने पाैराणिक कथाकी मातामह अथार्थ हजुरआमा हुन । रीति – थिति र परम्पराकि प्रमातामह अथार्थ जिजु हजुरआमा हुन भने ज्ञान , दर्शन र चेतनाकी अनन्त भण्डार हुन । तिनै आमा हुन जसकाे गर्भले अनेकाैं रहस्यवादी ऋषिहरू , माता सीता र शान्ति दुत भगवान बुद्धलाई समेत जन्मायाे । तिनै आमाकाे गर्भले महर्षि व्यास लाई जन्म दिएर लाेप भएकाे दुर्लभ ग्रन्थ वेदकाे पुनर्लेखन गर्न उनलाई अद्भुत ज्ञान दिलायाे ।

 

 

अनेकन दुर्लभ जडिबुटी हरूकाे अक्षय भण्डार आफ्नै पाेल्टामा भरेर हिमालय श्रृङखला हरूलाई काखमा राख्दै संसारकै राम्री अनि अग्ली भई आफ्ना सन्तान लाई स्तनपानका लागि निर्मल धारा बगाउदै नेपाल आमा सगरमाथा बनेर सदैव स्थिर खडा रहिन । त्यस्ती राम्री आध्यात्मिक जननी देखेर तिनकाे गर्भवाट अाशुताेष भगवान शिवले अादिमृगकाे रूपमा जन्म लिनु भयाे भने त्यस्ती आमाकाे मातृ वात्सल्य देखेर भगवान विष्णुले पनि वृन्दाकाे श्राप माेचन गर्न भन्दै दामाेदर कुण्डमा शालग्राम ढुंगा भई कालीगण्डकीमा बग्न नेपाल आमाकाे गर्भ लाई नै राेज्नु भयाे । तिनै आमा हुन जसले कुबेर लाई धन दिइन । राम ,भरत , लक्ष्मण र शत्रुध्वन लाई ज्ञानकाे दीक्षा दिइन भने उसपार बाट आउने ऋषि मुनि हरूलाई आफ्नाे आद्यभूमिमा तप र साधनाका लागि सुरक्षित आश्रय दिएर ज्ञानकाे , विज्ञानकाे , पदार्थकाे , आत्माकाे , मानवता र उदात्त कल्याण पथकाे ज्ञान राशिहरू तिनकाे झाेलीमा भरेर पठाइन । त्यस्ताे पुण्य भूमिमा जन्म लिन पाउनु त्याे हाम्रो छनाैटकाे विषय हाेइन – त्याे त संयाेगले , भूगोलले , ईतिहासले , प्रारब्ध र पूर्व जन्मकाे सत्कर्मले मात्र नेपाल आमाकाे सन्तान बन्न पुगेका हाैं ।

 

 

प्राचीन ज्ञान र धर्म लाई असान्दर्भिक , मिथक र अन्धविश्वासकाे भारी हाे भन्ने भ्रममा दाैढने उग्र भाैतिक वादी हरूकाे मनमा गढेर बसेकाे भ्रम समेत बिस्तारै हट्न थालेकाेमा हामी खुशी हुनै पर्दछ । किनकि मार्क्सवाद लाई नै अन्तिम सत्य ठान्ने नेपालका कम्युनिस्ट हरू पनि निरिश्वर वादी ( नास्तिक ) पथ त्यागेर बिस्तारै यज्ञयवादी ( आस्तिक ) बन्न थालेकाे छन । उनिहरूले मार्क्स वादी पुस्तक फ्याकेर पाैराणिक ग्रन्थ रामायण पढ्न थाले । श्रीराम भगवान उसपार अयाेध्यामा हाेइन ….. नेपाल आमाकै गर्भवाट माडी चितवनमा जन्मेका हुन भन्दै सरकारी स्तर बाट नै मुक्त हृदयले दलिल गर्न थाले । धर्मलाई अफिम भन्दै कम्युनिस्ट शिक्षा पढाउने हरू प्रायश्चित गर्दै क्षमा पुजा गर्न थाले । मार्क्सवाद नै भाैतिक प्राप्तिका लागि तृप्तिकर वा सन्तुष्टिकारक भन्ने जुन कुरा हामीले बुझेका थियाैं त्याे गलत रहेछ , बरू त्यसले अरू असन्तुष्टि र तृष्णा मात्र थप्याे भन्दै तिनै कम्युनिस्ट हरू पशुपतिनाथ पुगेर लाख बत्ती बाल्दै र जय शम्भाे भन्दै नमाे नम: गर्न थाले । यसरी मार्क्सवादमा रमाउने कम्युनिस्ट हरूले आध्यात्मक वादकाे पक्षमा दलिल गर्न थालेपछि , श्रीराम भगवान खाेज्दै कम्युनिस्ट हरू चितवन माडीकाे जङ्गल पुगेपछि अाफुलाई गहिराे अानन्द लाग्याे । त्यसैले याे आनन्द लाई काे संग बाडाैं भन्ने उत्साहले उकुसमुकुस हुदा ” सुनाखरी न्युज ” मार्फत आज सबैमा विनियाेग गरेकाे हाे ।

 

जड भाैतिकताकाे बर्बरतामा उम्लिएका कम्युनिस्ट ( माओवादी ) हरूले नेपाल आमाले धारण गरेकी संस्कृत – गङ्गाकाे मुहान टाल्न हरेक दुष्प्रयन्त हरू न्वारन देखिकाे बलमा गरेकै थिए । उनिहरूले डढेलाे सल्काउदै प्राचीन सभ्यता लाई खरानी बनाउन खाेजे । अनेकाै नास्तिक र बर्बर पुस्ता जन्माएर आध्यात्मिक मूल्य र संस्कृतप्रेम जलाउन खाेजे । दया , करूणा , अनुकम्पा , प्रेम र सद्भाव जस्ता गुणहरू माथि प्रहार गर्दै त्याे उत्तेजनामा नेपाल आमाकाे ताज फुकालेर झाेडीमा फ्याक्न लाउदै त्यसमाथि आगाे झाेस्न खाेजे तर तिनले सल्काएकाे आगाे आफैं तर्फ फर्किए पछि कुनै डढेलाेमा सल्केसरी प्रचण्ड आफैं आज छट्पटाई रहेका छन ….. याे पनि अर्काे आनन्दकाे विषय हाे ।

 

हुनत जन्मान्ते तादृशा: पापा हन्यन्ते च सपीडनम ………. भन्दै शास्त्रले भन्छ – मान्छे भएर जन्मे पनि विवेकहीन बुद्धि भएका प्राणीहरू सुख प्राप्तिको चाहनाले नानाथरी खेल खेलिरहेका हुन्छन । विषयरूपी ग्राहले डसेपछि जब मान्छे विवेकशून्य पशुझैं बन्दछ त्यसपछि अर्काकाे सम्पत्ति लुट्ने , अर्कालाई पीडा गर्ने , यातना दिने तथा मार्ने हरू स्वयं पनि जन्मकाे अन्त्यमा अरूबाट मारिन्छन । त्यसपछि पनि अनन्त पापका कारण सुंगुरकाे याेनीमा जन्म लिएर अरू बाट भालाले घाेची घाेची दर्दनाक पीडा सहदै मर्ने गर्छन । माथि उल्लेख विषयरूपी ग्राह भनेकाे पश्चिमा र दक्षिणी वायु भनेर बुझ्नु पर्दछ जसकाे डसाई बाट प्रचण्ड सहितका पात्रहरू जनयुद्ध र अग्रगामी छलाङका नाममा नेपाल अामा बिरूद्व गाेला बारूद लिएर जाई लागेका थिए । अन्तमा – प्रचण्ड लगायतले विषयरूपी ग्राहकाे डसाई पछि विश्वकै अाध्यात्मिक जननी नेपाल अामा विरूद्व जस्ताे कर्म गरेपनि र त्यसकाे परिणाम शास्त्रले दर्दनाक वर्णन गरेपनि हामी सबैले कामना गराैं — सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया: सर्वे भद्राणि पश्यन्तु मा कश्चित दु:ख भाग भवेत । जय हाेस !!!