२०७८ बैशाख ३१ , शुक्रवार

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

Capture

सुनाखरी न्युज/ काठमाडौँ – सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड – १९ विरुद्घ आफ्ना अभिकर्ताहरुको बीमा गराएको थियो । नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै विषम परिस्थितीमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको लागी सिटी एक्सप्रेस मनी ट्रान्सफरले अभिकर्ताहरुको बीमा गराएको थियो ।

 

जस अनुरूप मापदण्ड पुगेका ८ जनाकोरोना पीडित अभिकर्ताहरुलाई,कोरोनाबीमाको दाबी भुक्तानी रकमजनही रु ५०,००० सिटीएक्सप्रेसले हस्तान्तरण गरेको छ । साई बाबा रेमिट् , चाबहिलका हरी कुमार श्रेष्ठ , अन्लाईन सब् रेमिट् , काठमाडौंका दीपेन्द्र ढकाल , आनन्दमनी ट्रान्सफर , झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस , कास्की कालीला भट्टराई , मध्यबिन्दु ट्रेड् सेन्टर , नवलपुरका गोपाल सिर्पाली , कलशमनी ट्रान्स्फर , सुन्सरीका कुलबहादुर भारती, जिमिरेभर मनी नेट्वर्क , परासीका शेर बहादुर गुरुङ र हीरा इन्टप्र्राइजेज , नवलपुरका कृष्ण गिरी गरी ८ जानालाई चेक हस्तान्तरण गरिएको छ ।

 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानीप्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मागर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।