२०७८ बैशाख ३१ , शुक्रवार

१५ औ लोकतन्त्र दिवस र एमालेको अल्पमतको सरकार

kiran

किरण गिरी – आज २०७८ बैशाख ११ गते १५ औं पन्ध्रौं लोकतन्त्र दिवसका अबसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा र बिदेशमा समेत बसोबास गर्नु हुने सम्पुर्ण नेपाली दाजुभाइ , दिदिबहिनीहरुमा हार्दिक शुभकामना अर्प!गर्दै नेपाली कांग्रेसको १४औं महाधिवेशन तयारीमा देशभर क्रियाशील सदस्यता बितरण र संकलनको अबस्था , कोरोनाको दोस्रो संक्रमण , काठमाडौंमा मेलम्ची आगमन , र ठडिएको धरहराका बारेमा चर्चा गर्नु सान्दर्भिक हुने छ । यसै बिच अहिले नेपालमा नेकपा एमाले को अल्पमतको सरकार छ । अल्पमतको एमाले ओली सरकारको रबैया र कार्यशैली अलोकतान्त्रिक र असंवैधानिक हुँदै गइरहेको छ । ओली सरकारको शिघ्रादिशिघ्र बहिर्गमन आजको आबश्यकता हो ।

 

लोकतन्त्र दिवस र नेपाली कांग्रेस :-
लोकतन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्नु हुने ती ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक सम्मान र श्रध्दासुमन अर्पण गर्दछु । लोकतन्त्र हाम्रो जिवनको आधार हो । जुन आधारमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यो आन्दोलन र उपलब्धिको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो । नेपाली कंग्रेसकै कारण नेपालमा राजनीतिक , आर्थिक र सामाजिक उन्नति सम्भव भएको हो ।

 

१४औं महाधिवेशन र क्रियाशील सदस्यता :-
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको आधार स्तम्भ क्रियाशील सदस्य संख्या – १० लाख पुर्‍याउने लक्ष्यका साथ नेपाली कांग्रेस अगाडि बढी रहेको छ ।
बैशाख -१० गते अपरान्ह सम्म्को क्रियाशील सदस्यहरुको पछिल्लो अध्याबधिक तथ्यांक :-
कुल सदस्य :- ६ लाख ३७ हजार ०० सय ५५ जना ।
नयाँ सदस्य :- ३ लाख ६ हजार ५सय ८ जना ।
नवीकरण :- ३ लाख ३० हजार ५ सय ४७ जना ।
नविकरण र नयाँ क्रियाशील सदस्यताको “इन्ट्री” २०७८ वैशाख १५ गतेभित्र गरी सक्नु पर्ने अन्तिम मिति निर्धारण गरिएको छ । सो राती १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा “इन्ट्री” हुने “सिस्टम” स्वतः बन्द गरिने छ ।

 

क्रियाशील सदस्यता नविकरण र वितरण सम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्र बमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला सम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपी, सदस्यता शुल्क र लेवी रकम लगायतका कागजात सहित जिल्लाको प्रतिवेदन २०७८ वैशाख १७ गते ५ः०० बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नु पर्नेछ ।सफ्ट्वेयरमा “इन्ट्री” भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको वेवसाइटमा सार्वजनिक गर्ने व्यवस्था गर्ने ।

 

कोरोना , मेलम्ची , धरहरा र सरकारको रबैया :-
कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसके छ ।
आफ्नो स्वस्थ्य आफै जोगाउं ।
सरकार त केबल उखान टुक्का र षड्यन्त्रको लागी मात्रै हो ।
इतिहासकै षड्यन्त्र शिरोमणि नेकपा एमालेका प्रधानमन्त्री के. पी .शर्मा ओली सरकारले मेलम्चीको पानी काठमाडौं ल्यायो र धरहरा बनायो भनेर कसैले पत्याएका छैनन र पत्याउने पनि छैनन । नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्टराईको सार्थक परिकल्पना र ३० बर्ष देखिको शृङ्खलाबध्द बिकासको निरंतरता पछि काठमाडौं ओर्लिएको मेलम्चीका लागि बिगत सबै सरकार बधाई र धन्यवादका पात्र हुन ।

 

२०७२ बैशाख १२ गतेको महाभुकम्प बाट क्षेती भै सडक आलिंगन गर्न आइपुगेको क्षत बिक्षत हाम्रो धरहरा आज सात बर्ष पछि ठडिएको धरहरा निर्माणको लागि सक्रिय सबै सरकारहरु यसका लागि बधाई र धन्यवाद का पात्र हुन । आम नेपाली जनता ले बुझेको र बुझ्ने सत्य र तथ्य यहि हो । सत्यलाइ छोप्न सकिन्छ , रोक्न सकिदैन , प्रधानमन्त्री र उनका स्तुतिगान कर्ताहरुलाइ चेतना भया । मेलम्ची काठमाडौंमा आइपुगेको छ । धरहरा काठमाडौंको सुन्धारामा ठडिएको छ । यो नेपाली जनताको लागि गौरव र गर्बको बिषय चाहिँ हो । सबै सरकार र आम नेपाली जनता बधाई का पात्र हुन । उद्घाटन गर्नु र गर्न पाउनु प्राबिधिक कुरा मात्र हो भन्ने कुरा आम नेपाली जनता ले राम्रो संग बुझेका छ्न ।

लेखक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन ।