२०७८ बैशाख ३१ , शुक्रवार

अवैध सुनको कारोवार गर्ने पक्राउ

arrest

सुनाखरी न्युज/ सुनसरी – सुनसरी इटहरी १६ घर भई हाल ईटहरी ६, कालिका गोल्ड एण्ड सिलभर हाउसका संचालक २८ बर्षीय शेख राज घिमिरेलाई अवैध सुनको टिल सहित पक्राउ गरिएको छ ।

मंगलबार साँझ साढे ८ बजे उनलाई ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी ६ स्थित विराटनगर लाईनबाट हिडिरहेको अवस्थामा सुनको टिल १९५.४७० ग्राम, नगद १ लाख ५८ हजार सहित पक्राउ गरेको हो । घिमिरे अवैध तवरले सुन खरिद गरी बिक्री बितरण गर्न हिडेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनलाई बरामद गरेको सुन सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजाश्व कार्यालय ईटहरीमा बुझाएको सो कार्यालयले जनाएको छ ।