२०७८ बैशाख ३१ , शुक्रवार

मुलुकको राजनिति अन्यौलपुर्ण र दिशाहिन अवस्थामा

janak

जनकराज पाठक – वोलिमा लगाम नभयका, उत्ताउलियर अरुको तेजोबध गर्न माहिर,आफु र आफ्ना भजनमन्डलि वाहेक सवै लाइ दोषि देख्ने,सनक,लहड र हावामा महल खडा गर्ने प्रधानमन्त्री केपी ओलीको आत्मकेन्द्रित राजनीति चिन्तनले यतिवेला मुलुकको राजनीति भडखालो मा परेको छ। आफु वाहेक सवै वेठिक आफुमात्र सवै जान्ने पाखन्ड चिन्तन वोकेका ओलीको कारण मुलुक राजनीतिक संकटग्रस्त छ। यो संकट सहजै पार लाग्ने अवस्था देखिदैन।

 

वदलिदो राजनीतिक घटनाक्रम पछि एमाले,माओवादी केन्द्र,राजपा,नेपाली कांग्रेस,विच अस्वस्थ रुपमा वढदै गयको गठजोड र निषेध को परिवेश ले संसद पनि माखेसाङलो भित्र परेको छ। ओली लाइ प्रचण्ड सिध्याउनै पर्ने,प्रचण्ड को ओली संग कुनै सम्वन्धै नगासिने,सत्ता प्राप्ति को निमित्त राजपा फुटको संघारमा,कांग्रेस को स्पष्ट निर्णय अभावको कारण राजनीति ले सहि रुप लिन नसकेको हो।वास्तवमा यतिबेला नेपाल को राजनिति संकटग्रस्त, अन्यौलपुर्ण, दिशाहिन अवस्थामा छ। यो विकराल अवस्था वाट मुलुक लाइ पार लाउन ताजा जनादेश भन्ने प्रधानमन्त्रीको चिन्तन र संसदलाई पुरा अवधि चल्लदिनु पर्ने अन्य दलको अडान को कारण नेपाली जनता र उनका जनजाविकाको सवाल यतिवेला गौण भयको छ।जनता लाइ समान्य वस्तु वा पदार्थको रुपमा प्रयोग गर्दै उपेक्षा गरियको छ।

 

विधिको शासन शव्द मा सिमित भयको छ अर्थात संविधान लाइ कागजको खोस्टो वनाइयको छ। जालझेल,तिकडम,धोखाधडि,ले सातै प्रदेशको सरकार अनि सिंहदरबार टिकेको छ।कतिवेला कसको सरकार ढल्छ कसको वन्छ अनि को कसलाई कसले कार्वाही गर्यो जनताले आजको दिनमा सुन्ने जम्माजम्मि यति हो। मुलुक भ्रष्टाचार ले जेलियको छ, आर्थिक सुचांक हरु सन्तोषजनक छैनन, योग्यता र क्षमता भन्दा भजनमन्डलि हरुको राज्यका उपस्थित दरिलो छ। नवसामान्ति हरुको दोहनका कारण मुलुक थिलथिलो भइसकेको छ कानुन र विधि हरायपछि संविधान अव क्रियासिल हुन नसक्ने अवस्थामा पुगेको छ। संवैधानिक नियन्त्रण र संन्तुलन गुमेको छ तर पनि लोकतन्त्र को रक्षार्थ भन्दै निर्लज्ज अनुहार देखायर दलका नेताहरु जनता लाइ वेवकुफ वनाउदै छन। यस्तो अवस्था वाट जनता कहिले सम्म गुज्रने ? दलहरुका गलत क्रियाकलाप लाइ चुनौती दिने कि नदिने? प्रस्न गम्भीर रुपमा उठेको छ। ताजा जनादेश भन्ने प्रधानमन्त्री ले वुझ्न जरुरि छ कि निर्वाचन सवै समस्या को समाधान हैन रहेछ।

 

ठुलो राजनीतिक अस्थिरताको कारण मुलुकले गति लिन सकेन,विकास निर्माण अवरुद्ध भयको कारण मुलुक लाइ स्थिरता तर्फ लान अनि विकास को मुल फुटाउन भन्दै मत माग्ने नामका सर्वहारा लाइ जनताले करिव २ तिहाइ मत दियर साथ दियकै हुन नि खै त न ५ वर्ष टिकाउन सके न टिक्न सके। के को खिचातानी यो?अनि फेरि निर्वाचन गरिहाल्दा चै के चमत्कार हुन्छ र ? चुनाव कसको लागि ? के को लागि ? सत्ता र शक्ति को आडमा आफ्ना विरोधहरु लाइ निषेध गर्दै गरिने चुनावले जनता लाइ थप ऋण वोकाउने सिवाय केहि हुनेछैन। अर्कोतिर आफुलाइ अफैले ठुलो प्रजातान्त्रिक उपाधि दियको दल नेपाली कांग्रेसको आन्तरिक कलह,माहाधिवेशन केन्द्रित राजनिती र मुल नेतृत्वको ढुलमुले निति तथा असक्षमता अनि गंगा आय गंगाराम,जमुना आय जमुनादास निति को कारण उ कुहिरोमा हरायको काग झै अलमलियको छ।वोलिमा लोकतन्त्र भय पनि घोर अलोकतान्त्रिक रुपमा उसको उपस्थित छ। पुष्पकमल दाहाल को एकसुत्रिय निति अोली सरकारको अपदस्त मात्र हो उसको विचार,निति,सिदान्त सवै डढिसक्यो उसको चिन्ता केवल अोली सरकार ढाल मात्र हो।१७ हजार जनता मारेर,मरेर स्थापित भयका प्रचण्ड को हविगत दयालाग्दो देखिन थालेको छ।

 

कुनै दिन नेपाली जनता र तिनका समस्या को वारेमा उनको वोलि सुनिदैन। राजपा को सधैभरि सत्ता केन्द्रित राजनीति मात्र देखिन्छ। विगतमा पटक,पटक सत्तामा वस्दा समेत मधेस र मधेसी जनताको लागि कुनै काम नगरेका र भविष्यमा पनि गर्ने कुनै खाका नभयका कारण उनिहरु वाट झन के आसा गर्न सकिन्छ र ? यि र यस्ता चिन्तन वोकेका दलहरु वाट प्रजातन्त्र को रक्षा हुन्छ र नेपाली जनता ले सुख,सुविधा पाउछन भन्नु कागतिको वोटमा सुन्तला फलाउनु जस्तै हो। तसर्थ:-
प्रजातन्त्र को जगलाइ नै मजवुद वनाउदै विधिको शासन मार्फत नेपाल र नेपाली जनताको मुहार परिवर्तन गर्न अनि मुलुक लाइ विकासको युगमा प्रवेश गराउन समस्या काहा छ समाधान त्यहिवाट खोज्न जरुरी छ। समस्या दलमा भन्दा नि व्यवस्थामा छ,व्यवस्था वर्तमान संविधान को अधिनमा छ,संविधान कागजको खोस्टो सावित भयको छ। तसर्थ केपी वाट प्रचण्ड,माकुने,झलनाथ,शेर वा,वा अन्य कोहि समस्या र समाधान हैन।

 

समस्या संविधान हो। यो संविधानको प्रयोग,उपयोग,सवै असफल भइसकेको वर्तमान लाइ विष्लेषण गर्दै यसको विकल्प खोजेर अगाडि वढनु आजको आवश्यकता हो। सर्वदलिय वा सर्वपक्षीय सम्मेलनको अायोजना गरेर २०४७ को संविधान लाइ पुनःस्थापन गरौ त्यसमा अावस्यक संसोधन र परिमार्जन गरौ अनी राजा सहितको प्रजातन्त्र र पहिचानको निमित्त हिन्दुराष्ट्र कायम गरेर अगाडि वढौ। आजको समस्याको समाधान यसले गर्छ यसमा वहस,छलफल गरौ।निषेध को राजनीति लाइ अन्त्य गरौ।

लेखक पाठक राप्रपा कार्यसम्पादन समितिका सदस्य हुन ।