२०७८ बैशाख ३१ , शुक्रवार

सुलिकोटको खार्चोकमा खुल्ला फुटबल प्रतियोगिता शुरु

1

मिलन ढकाल/ गोरखा – गोरखाको बारपाक सुलिकोट-३ स्वाँरा सुलिकोट स्थित खार्चोकमा खुल्ला फुटबल प्रतियोगिता शुरु भएको छ । चैतै दशैंको अवसरमा न्यू इभर ग्रिन युवा क्लवको आयोजनामा आजबाट शुरु भएको प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगिताको उद्घाटन बारपाक सुलिकोट गाउँपालिकाका उपाध्यक्ष सनमाया गुरुङले भव्य कार्यक्रम बिच उद्घाटन गर्नुभयो ।

 

बारपाक सुलिकोट, भिमसेन थापा, आरुघाट गाउँपालिका लगायतबाट १६ वटा टिमको सहभागीतामा भएको उद्धाटन कार्यक्रममा खेलकुद सँगै गाउँपालिकाको समग्र बिकासको लागि युवाहरु जुट्नुपर्ने उपाध्यक्ष गुरुङले जोड दिनुभयो । खेलकुदले अनुशासन सिकाउने भन्दै बिकास निर्माणमा पनि अनुशासन आवश्यक भएकोले सुलिकोटको बिकासको लागि अनुशासित भएर अग्रसर हुन खेलाडीहरुलाई अनुरोध गर्नुभयो । क्लबका अध्यक्ष अम्बर गुरुङको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नेकपा (माओवादि केन्द्र) का अध्यक्ष नरबहादुर गुरुङ, जिल्ला सचिवालय सदस्य धामी बराम, ३ नं. वडाका अध्यक्ष सुकबहादुर तामाङ, नेपाली कांग्रेस बारपाक सुलिकोटका संगठन बिभाग प्रमुख हरिचन्द्र भट्ट, वडा सभापति सुकबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

 

 

बैशाख १० गते सम्म संचालन हुने प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमश: रु. २०,००० र १५००० को साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । त्यस्तै सर्वोकृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।