२०७८ बैशाख ३१ , शुक्रवार

रंगशालालाई निर्माण सामाग्री लिएर प्रस्थान गरेको टिप्परलाई पश्चिम् नवलपरासीको सुनवलमा स्वागत

1

सागर पौडेल/ पश्चिम् नवलपरासी –  चितवनमा जनस्तरबाट निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई निर्माण सामाग्री सहयोग लिएर प्रस्थान गरेको टिप्परलाई सुनवल ५ बनकट्टिमा स्वागत गरिएको छ । द लर्ड बुद्ध युवा क्लव सुनवल ५ बनकट्टिको आयोजनामा आज सुनवल चोकमा स्वागत गरिएको क्लवका सदस्य समिर परियारले जानकारी दिनुभएको छ ।

 

तिनाउ टिप्पर व्यवसायी समुहको समन्वयमा ५० टिप्पर निर्माण सामग्री सहयोग लिएर चितवन गएको हो ।