२०७७ चैत्र ३१ , मंगलबार

बिहीबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि

gold#

सुनाखरी न्युज/ काठमाडौँ – बिहीबार नेपाली बजारमा सुनको मूल्य उच्च वृद्धि भएको छ । बिहीबार सुन तोलामा १ हजार रुपैयाँले बढेको हो । आज कायम भएको सुनको मूल्य चैत्र महिनाकै महङ्गो हो । महासंघका अनुसार चैत्र महिनामा सुन तोलको न्यूनतम ८५ हजार ६०० रुपैयाँ सम्म झरेको थियो । बैशाख सुरु भएसँगै विवाहको सिजन लाग्ने भएकाले पनि सुनको भाउमा वृद्धि भएको हो ।

 

मंगलबार देखि निरन्तर उकालो लागेको सुनको मूल्य बुधबारको तुलनामा बिहीबार प्रतितोला १ हजार रुपैयाँले बढेर ८९ हजार रुपैयाँ पुगेको छ । यसैगरी बिहीबार तेजावी ८८ हजार ५५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २६० रुपैयाँ तोकिएको छ । चाँदी भाउमा पनि बुधबारको तुलनामा प्रतितोला १५ रुपैयाँले वृद्धि भएको हो ।