२०७७ चैत्र ३१ , मंगलबार

विद्यालयमा प्रहरी कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौँ – कुश्मा नगरपलिका वडा नं. ११ मा रेहको श्री मंगलोदय मा.वि. मा जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा कुश्मा नगरपलिकासंगको सहकार्यमा संचालित समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयमा प्रहरी कार्यक्रमको आयोजना गरियो ।

 

उक्त कार्यक्रमबाट सोहि विद्यालयका प्रध्यानध्यापक, शिक्षकहरु र कक्षा ९ र १० का अं. ५० जना विद्यार्थीहरु लाभान्भित भएका छन् । उक्त प्रशिक्षण कार्यक्रममा लागु औषधमा फस्नुका कारण, यसका प्रकार र असर तथा सो संग सम्बन्धित ऐन कानुन र यसबाट कसरी बच्ने जस्ता विषयमा केन्द्रित रहि प्रहरी निरीक्षक मनिष श्रेष्ठ र प्रहरी नायव निरीक्षक मोहन कुमार खड्काले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।