२०७७ चैत्र ३१ , मंगलबार

माउण्टेन ड्युले आफ्नो नयाँ अभियानमा डरको अगाडी जीत छ भन्ने दर्शनशास्त्रलाई पुनःजोड

Capture

सुनाखरी न्युज/ काठमाडौँ – माउण्टेन ड्युले सधैंभरी आफूभित्रको आशँका र डरभन्दा अगाडी सरेर सफलता प्राप्त गर्नका लागि सीमाहरु नाध्न प्रोत्साहित एवं जोखिम मोल्न चाहनेहरुको जोश प्रति सम्मान गर्दै आएको छ । रोमाञ्चकारी फिल्महरु मार्फत् नेपालका युवाहरुलाई उनीहरुका डरहरु उपर काबु पाउन निरन्तर प्रेरित गर्ने क्रममा सन् २०२१ को ग्रीष्म यामको लागि माउण्टेन ड्युले आफ्नो नयाँ प्रचार अभियानको आज थालनी गरेको छ ।

 

अभियानले ब्राण्डको डरको अगाडी जीत छ भन्ने दर्शनशास्त्रलाई एक नयाँ शैलीबाट पुनः बेजोड तरिकाले पेश गरिएको छ र यसमा माउण्टेन ड्युको सद्भावना दूत अनूप विक्रम शाहीलाई देख्न सकिन्छ । डरले हैसियत होइन हिम्मत हेर्छ भन्ने गहन विषयलाई यो नयाँ टिभि विज्ञापनले समेटेको छ, जसले आजका युवाहरुलाई असाधारण सफलता प्राप्तीका लागि उनीहरुको डर उपर काबु पाउन हौसला प्रदान गर्दछ ।यो फिल्मले माउण्टेन ड्युको विश्वास जुन कसैको आत्म–मूल्यको निर्धारण केवल उनीहरुबाट गरिने साहस र शक्तिबाट हुन्छ र उनीहरुको भौतिक सम्पत्तिले त्यसमा महत्व राख्दैन भन्नेलाई दर्शाएको छ । फिल्मले अनूप विक्रम शाहीको द्विविधा र अठोट दुवैलाई समेटेको छ । फिल्म ड्यु नायकले बाइक दौडका सहभागीहरु नजिक आफ्नो बाइक धकेल्दै लगेबाट शुरु हुन्छ । ती समूहका युवाहरुले उसलाई अत्यन्त नकारात्मक तवरले खिसि गरेर हेछैन् किनभनें उनीहरुले आफ्नो उच्च प्रविधिको बाइकसँग त्यो उसको बाइकले प्रतिस्पर्धा गर्न सक्दैन भन्ने ठान्छन् ।

 

दौडमा एउटा यस्तो अप्रत्यासित अवस्था आउँछ, जहाँ चालकहरु त्यो भयानक अवस्थाको सामना नगरी डराएर त्यहाँबाट फर्किने वा डरको सामना गरेर डरलाई जित्दै अघि बढ्ने भन्ने निर्णय गर्नु पर्ने हुन्छ । अन्य चालकहरुबाट गरिएको निरुत्साहको बावजुद पनि ड्यु नायकले उसको डरमाथि काबु पाउने कोशिस गर्छ र चुनौतीलाई स्वीकार्छ ।त्यसपछि उसले जब माउण्टेन ड्युको एक चुस्कि लिन्छ उसको मुहारमा दृढ अठोटको दृश्य देखा पर्छ अनि उसको बाइक हाँकेर पहाड खसेर बनेको बाटो पार गर्छ र अन्ततः विजेताको रुपमा देखा पर्छ । विज्ञापन फिल्मको सुटिङताकाको क्षण सम्झदैं अनूप विक्रम शाहीले भन्नु भयो “वास्तविक नायकहरु उनीहरुको शक्तिबाट चिनिन्छन् र उनीहरु कहाँबाट आएका हुन् त्यसले अर्थ राख्दैन । मलाई पूर्ण विश्वास छ कि यो नयाँ फिल्मले नेपाली युवाहरुलाई अभिप्रेरित गर्नेछ र उनीहरुलाई उनीहरुको अगाडी आइपरेको डरको सामना गर्न सामान्य आत्मविश्वास जगाएर त्यो चुनौती उपर जित हासिल गर्न सकिन्छ भन्ने विश्वास जागृत गराउनेछ ।”

पेप्सीको मार्केटिङ डाइरेक्टर श्री नसीब पुरीले भन्नु भयो “हाम्रो डरको अगाडी जीत छ भन्ने दर्शनशास्त्रका साथ माउण्टेन ड्युले असाधारण सफलता प्राप्त गर्न डरको चुनौतीमा आफूहरुलाई अग्रसर गराउनेहरुको साहस र हिम्मत प्रति सधैं सम्मान गर्दछ । सन् २०२१ मा ब्राण्डले सफलता उनीहरुले नै चुम्छन् जसले आइपरेको चुनौतीको सामना गर्दछन्, उनीहरुको पृष्ठभूमिले त्यसमा अर्थ राख्दैन भन्ने सन्देश दिएको छ । हामी विश्वस्त छौं कि डरले हैसियत होइन, हिम्मत हेर्छ भन्ने वाक्यले जहाँकहींका युवाहरुलाई झकझकाउनेछ । माउण्टेन ड्युको नयाँ टिभि विज्ञापन टिभि, डिजिटल र सामाजिक सञ्जालभर व्यापक रुपमा प्रचार प्रसार गरिनेछ । माउण्टेन ड्यु एकल÷बहु–वितरण प्याकहरुमा आधुनिक एवं परम्परागत पसलहरुमा सर्वत्र उपलब्ध छ ।