२०७७ चैत्र ३१ , मंगलबार

अपर सोलुले आइपिओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति

sebon

सुनाखरी न्युज/ काठमाडौँ – अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्राथमिक सेयर आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

 

कम्पनीले कुल ३३ लाख ७ हजार ५ सय कित्ता सेयर सर्वसाधारण र स्थानीयका लागि निष्कासन गर्नेछ। कम्पनीको सेयर बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ। कम्पनीले कुल २३.५ मेगावाट क्षमताको आयोजना बनाउँदैछ। यो सहित अहिले धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि अनुमति माग्ने जलविद्युत कम्पनीहरुको संख्या १२ पुगेको छ।

 

साहस उर्जा, साम्लिङ पावर, बुद्धभूमि नेपाल, सयपत्री, बलेफी, ग्रीन भेन्चर, हिमालयन, मैलुङ खोला, मध्यभोटेकोसी, न्यादी, विन्ध्यबासिनी हाइड्रोपार आइपिओको तयारीमा छन्।