२०७७ चैत्र ३१ , मंगलबार

खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता सम्पन्न

Capture

सुनाखरी न्युज/ पोखरा – कास्की जिल्ला टेबुलटेनिस संघको आयोजनामा अप्रिल ६ तारिक विश्व टेबुलटेनिस दिवसको अवसरमा खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य राजेश गुरुङले गर्नुभएको थियो । उहाँले कुनै पनि खेलका खेलाडीहरुले लगनशीलता, निरन्तरता र अनुशासनको पालना गर्दै नियमित प्रशिक्षण गरिरहनु पर्ने वताउनु भएको छ ।

 

संघका अध्यक्ष उत्तम जोशीले टेबलटेनिस खेलको सम्भाव्यता भएतापनि खेलाडिहरुलाई नियमित प्रशिक्षण दिने स्थायी ठाउँ नभएको गुनासो व्यक्त गरेका थिए । उहाँले कास्की जिल्लाले राम्रो खेलाडी उत्पादन गर्दै आएको र आगामि दिनमा नियमित प्रशिक्षण दिइने वताउँनु भयो । उक्त प्रतियोगितामा १६ वर्ष माथिको उमेर समुहमा महिला तर्फ १६ वर्ष माथिको उमेर समुहमा प्रथम मुना थापा, दितिय निर्मला ओली, तृतियमा ज्योति गुरुङ र सिमरन गुरुङ, १६ वर्ष मुनि प्रथम अंकिता गुरुङ, दितियमा अनुशा गौतम, तृतियमा तृषा गुरुङ र सपना गुरुङ भएका छन् । त्यसै गरी १६ वर्ष माथिको उमेर समुहमा पुरुष तर्फ १६ वर्ष माथिको उमेर समुहमा प्रथम सुमेस लामा, दितिय अनुज कुँवर, तृतियमा रुप गुरुङ र दिपकराज गिरी, १६ वर्ष मुनि प्रथम सुलभ केसी, दितियमा प्रितम गुरुङ, तृतियमा मिलन खड्का र विवेक तामाङ भएका छन् ।

 

राइजिङ प्लेयरको उपाधि दिपसन शाही ठकुरी र सोनिया गुरुङले प्राप्त गरेका थिए । विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश वरालले मेडल प्रदान गर्नुभएको थियो भने संघका उपाध्यक्ष निर्मला वरालले प्रमाण पत्र र सदस्य कृष्ण रानाभाटले अविर लगाएर वधाई तथा शुभकामना व्यक्त गरेका थिए । संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव फणिन्द्र तिमिल्सिनाले गरेका थिए ।