२०७७ चैत्र ३१ , मंगलबार

अफगानिस्तानमा भएका आक्रमणमा १७ सैनिकको मृत्यु

Afganisthan_Blast

सुनाखरी न्युज/ काठमाडौँ – अफगानिस्तानमा आइतबार भएका आक्रमणमा १७ सैनिकको मृत्यु, कैयौँ घाइते भएका छन् । अफगानिस्तानका विभिन्न स्थानमा आइतबार राति भएका छुट्टाछुट्टै आक्रमणहरूमा १७ सैनिकको मृत्यु भएको स्थानीय युद्ध अनुगमन समूहले जानकारी गराएको छ ।

 

मारिने सैनिकमध्ये सबैभन्दा बढी दक्षिणी हेल्मन्ड प्रान्तमा रहेका छन् । उक्त प्रान्तमा रातभर भएका भिडन्तमा ११ सैनिक मारिएका र अन्य १३ सैनिकलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिई लगेको बताइएको छ ।