२०७७ चैत्र ३१ , मंगलबार

बैंकहरुमा फेरि बढ्न थाल्यो निक्षेप

Bank

सुनाखरी न्युज/ काठमाडौँ – पछिल्लो साता बैंकहरुको निक्षेप संकलन ४० अर्ब रुपैयाँले बढेको छ । केही महिना यता सुस्त रुपमा मात्र वृद्धि भएको निक्षेप संकलन यो साता भने ह्वातै बढेको हो ।

 

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले चैत २० गतेसम्म ३८ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो साता ९चैत १३ गते० सम्म बैंकहरुले ३८ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

 

यता, केही महिनादेखि आक्रामक रुपमा कर्जा विस्तार गरेका वाणिज्य बैंकहरुले यो साता पनि ३९ अर्ब रुपैयाँ ऋण विस्तार गरेका छन् । चैत २० गतेसम्म बैंकहरुले ३५ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यस्तै, चैत १३ गतेसम्म बैंकहरुले ३४ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।