२०७७ चैत्र ३१ , मंगलबार

कोरोना आतङ्क

birbal

वीरबल खड्का क्षेत्री – कोरोनाको आतंकले हामी कसैलाई पनि छोडेको छैन तर हामी यसबाट बच्न कति साबधानी अपनाउदै छौ, भन्ने प्रश्न हामी सबैलाई छुन सक्नु पर्छ नत्र फेरी एउटा बिराउने शाखा पिराउने नहोला भन्न सकिन्न।

 

हामी नेपालीको लागि वैदेशिक रोजगार सुरक्षित छैन भन्ने कुरा स्पष्ट नै छ त्यत्ति नै बाध्यता पनि छ भन्ने पनि बुझ्न पर्छ अब कोरोनाको महामारीको बिश्वव्यापी व्यवस्थापन नभए सम्म नेपालले बैदेशिक रोजगारलाई व्यवस्थापन गर्न आवश्यक भएको छ। राम्रो हुदा हाई हाई नराम्रो भए पछी सबैको बाई बाई बैदेशीक रोजगारमा जाने हामी। तेस्रो मुलुकबाट आउनेहरु PCR रिपोर्ट सहित आउदैछन् तिनीहरूलाई पनि आवश्यकताका अनुसार होम क्वारेन्टाइन अनिबार्य गरिनु पर्छ प्रत्यक्ष स्वास्थ्यकर्मी निगारनीमा। आफु भलो जगतै भलो नीति लागू हुनु पर्छ। छिमेकी भारतमा कोरोनाको जोखीम बढेसगै फर्कने नेपाली बाट फेरी पनि नेपाललाई थप कोरोना जोखिम हुँदै आएको उदाहरण हिजो पनि थियो र आज पनि हुदै छ।

 

घर रै पिँडालु बनै पिँडालु ससुराली जादा बाह्र हाते पिडालु नहोला भन्न सकिन्न। रोजगारीको बाध्यता भित्र कोरोना कम हुने साथ भारत जान्ने पर्ने अनि महामारी बढेसग घर फर्कने ताती छुट्ने कुरा हिजो पनि थियो आज पनि आएको छ जसले गर्दा नेपालमा धेरै जोखिम बढो। माछा हुदा दुलो भित्र हात सर्प भए बाहिरी हात सरकारी नीति भयो भारत रोजगार जाने माथीको सरकारी नीति। नेपालीको लागि अब कोरोनाको भरपर्दो व्यवस्थापन नहुन जेल सम्मका लागि रोजगारमा जान्नेहरुको व्यवस्थापन गरेर भारत रोजगार बन्द गर्नु पर्छ। खुल्ला सिमाना र स्वास्थ मापदण्ड नहुदा जहिले पनि आतंकित नेपाली समाजमा अब भारत रोजगार जान्नेको व्यबस्थापन गर्दै महामारी अबधी सम्म तथा दोस्रो बिकल्प नहुनजेल भारत र नेपाल मानबीय सम्पर्क बन्द गरिनु पर्छ। स्वदेश भित्र पनि स्वास्थ सुरक्षा क्षेत्र भन्दा बाहेक अन्य क्षेत्रमा पनि दैनिक आवजजावत अवश्यकता हरेर मात्र सिमीत गरिनु पर्छ शर्त राखेर।