२०७७ चैत्र ३१ , मंगलबार

नागरिक लगानी कोषको लाभांश घोषणा

CIT (1)

सुनाखरी न्युज/ काठमाडौँ – नागरिक लगानी कोषको लाभांश अघिल्ला आर्थिक वर्षको तुलनामा घटेको छ । कोषले ८२ प्रतिशत हकप्रद जारी गरी पूँजीवृद्धि गरेपछि लगानीकर्ताले पाउने लाभांश पनि घटेको हो।

 

कोष सञ्चालक समितिको चैत २१ गते सम्पन्न २१३ औं बैठकले आव २०७६/७७ को नाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर र ८.८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअनुसार कोषले ३ अर्ब रुपैयाँको ९ प्रतिशतले हुन आउने २७ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ८.८९४७ प्रतिशतले हुन आउने २६ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँ २६ पैसा नगद लाभांश वितरण गर्नेछ ।

 

कोषले चुक्ता पूँजीको कुल कुल १७.८९७४ प्रतिशत लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।