२०७७ चैत्र ३१ , मंगलबार

कांग्रेसको तयारी १४ औ महाधिवेशन , सशक्त प्रतिपक्षी अनि मात्र बैकल्पिक सरकार

4

किरण गिरी – पार्टीको १४ औ महाधिवेशन , जनसरोकारका सवालहरुमा प्रभावकारी भुमिका एबं संसदमा शसक्त प्रतिपक्षको भूमिका खेल्दै सुनिश्चित आधार पछि मात्रै बैकल्पिक सरकार निर्माणमा जुट्ने नीति नेपाली कांग्रेसले अबलम्बन गर्नु पर्ने देखिन्छ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक यसैको तयारीमा सकृय रहेको पाइन्छ ।

 

शुक्रबार अपरान्ह सम्म नेपाली कांग्रेसको ७० जिल्ला बाट ४ लाख ९० हजार ३४ जना क्रियाशील सदस्यहरुको नामावली केन्द्रीय कार्यालय सानेपा ललितपुरमा सूचीकरण ” इण्ट्री ” भैसकेको जानकारी क्रियाशील सदस्य छानबिन समितिका संयोजक पुर्ब मन्त्री एबं केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिनुभएको छ । नयाँ तर्फ- २ लाख ४७ हजार ५ सय २८ र नवीकरण तर्फ- २ लाख ६२ हजार ४ सय ४४ जना क्रियाशील सदस्य हरु को सूचीकरण केन्द्रीय कार्यालयमा भैसकेको छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा चैत्र २० गते शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विभिन्न प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

 

बैठकले निम्नानुसार प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ :-
(१) नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ बैशाख १७ गते सम्पन्न बैठकले केपि ओलीले नेतृत्व गर्नुभएको वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसकेको ठहर गरेको थियो । त्यस पश्चात पनि निरन्तर संविधान विरोधी र जनविरोधी क्रियाकलाप वर्तमान सरकारले जारि राख्यो । प्रतिनिधि सभा विघटन गर्ने कदमलाई नेपाली कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद तर्फको कदम ठहर गरेको थियो । सम्मानीत सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेको महिना दिन पुग्न लाग्दा समेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक उहाँको राजीनामा माग गर्दछ, साथै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गर्दछ ।

(२) नेपाली काग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिद्वारा प्रस्तुत क्रियाशील सदस्यता सम्बन्धी प्रस्तावित सुझाव सहितको संशोधित कार्यतालिका देहाय बमोजिम रहेको छ—
(ग) (१) एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यता र एक वा एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको क्रियाशील सदस्यता नवीकरणको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि—
(२) एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमितिमा र केन्द्रमा पठाउने अवधि— २०७७ चैत्र ३० गते भित्र ।
(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने र निर्णय अनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनु पर्ने अवधि— २०७८ वैशाख १० गते भित्र ।
(ङ) नयाँ क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यता नवीकरण सम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि— २०७८ जेठ १७ गते भित्र ।
(३) अन्य राजनीतिक दल समायोजन सम्बन्धमा—
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कार्तिक २०, २०७५ को बैठकको निर्णय अनुसार उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित “अन्य राजनीतिक दल समायोजन समिति” को चैत्र २०, २०७७ को बैठकले, अन्य राजनीतिक दलबाट नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका नेता तथा सदस्यहरुको समायोजन सम्बन्धमा गरेको निर्णय सम्बन्धी प्रस्ताव समितिका संयोजक उपसभापति विमलेन्द्र निधिद्वारा कार्यसमितिको बैठकमा प्रस्तुत भई सर्वसम्मतीले पारित भएको
छ ।
(४) म्यानमारमा सैनिक कू को विरुद्धमा तथा लोकतान्त्रिक प्रणाली पुनस्र्थापना सन्दर्भमा :-
लोकतान्त्रिक पद्धतिमार्फत निर्वाचित सरकारलाई फेब्रुअरी १ गते म्यानमारको सेना प्रमुखले कू गरी अलोकतान्त्रिक, अधिनायकवादी, सर्वसत्तावादी र दमनकारी शासन–सत्ता स्थापना गरेको तानाशाही प्रवृत्तिले लोकतान्त्रिक प्रणाली, मूल्य–मान्यता र नागरिकका मौलिक अधिकारप्रति गम्भीर आघात परेकोले म्यानमारको सैन्य कू को नेपाली कांग्रेसले घटना लगतै निन्दा र विरोध प्रकट गरिसकेको छ । आजको बैठक म्यानमारको कू र पछिल्लो बर्बर दमनको घोर भत्सर्ना गर्दछ ।

हालसम्म ५०० भन्दा बढी नागरिकको हत्या गरि ५००० भन्दा बढी नागरिकहरूलाई गैर कानुनी रुपमा सैनिक हिरासतमा राखिनु अत्यन्तै दुःखद छ । त्यसैले, लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियाद्वारा निर्वाचित सरकारलाई तत्काल पुनर्वहाली गर्न प्रजातन्त्रवादी नेतृ एवं नोवेल शान्ति पुरस्कार विजेता आङ साङ सुकी सहित बन्दी बनाईएका राजनीतिक दलका नेता तथा लोकतन्त्रका लागि संघर्षरत सम्पूर्ण स्वतन्त्रताप्रेमी म्यानमारका नागरिकहरुलाई अविलम्व विना शर्त रिहाई गर्दै लोकतान्त्रिक प्रणाली पुनःस्थापित गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ।
विश्वको कुनै पनि भूगोलमा भएका स्वतन्त्रता, नागरिक अधिकार, लोकतन्त्र, विधिको शासन, मानव अधिकारको आन्दोलनलाई नेपाली कांग्रेसले स्थापनाकालदेखि नै समर्थन गर्दै आएको स्मरण गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन र म्यानमारको लोकतान्त्रिक आन्दोलन तथा नेपाली कांग्रेस र आङ साङ सुकीको नेशनल लिग फर डेमोक्रेसी बीच घनिष्ठ सम्बन्ध रहेको तथ्य समेत स्मरण गर्दै जारी लोकतान्त्रिक आन्दोलनप्रति पूर्ण समर्थन तथा ऐक्यबद्धता व्यक्त गर्दछौं । यसै गरी लोकतन्त्र, स्वतन्त्रता र जनताको अधिकारको रक्षाका लागि म्यानमारमा भईरहेको आन्दोलनको पक्षमा दृढतापूर्वक समर्थन तथा सैनिक कू को भत्सर्ना गर्न नेपाल सरकार, नेपालका राजनीतिक दलहरू, संयुक्त राष्ट्र संघ, मानव अधिकारवादी अन्तराष्ट्रिय संघ–संगठन र सम्पूर्ण लोकतान्त्रिक देश र पार्टीहरुलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।
(५) केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन प्रस्तुत
(क) नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको समायोजन सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको प्रतिवेदन कार्यसमितिको बैठकमा प्रस्तुत गरिएको थियो ।
(ख) नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको कार्य प्रगति विवरण बैठकमा प्रस्तुत गर्नु भएको थियो ।
(६) नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक मा. राधेश्याम अधिकारीले समितिको संयोजक पदबाट दिनु भएको राजीनामा स्वीकृत गरिएको छ । समितिको संयोजकको जिम्मेवारीमा रहेर उहाँले आजसम्म पु¥याउनु भएको सक्रिय योगदानको सह्राहना गर्दै कार्यसमितिको यो बैठक धन्यवाद प्रकट गर्दछ ।

बैठकमा धारणा व्यक्त :-
आजको बैठकमा नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु— बलबहादुर के.सी., फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, अजयकुमार चौरसिया, शंकर भण्डारी, गगनकुमार थापा, रामकृष्ण यादव र डा. डिला संग्रौलाले आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यसमितिको अर्को बैठक :-
केन्द्रीय कार्यसमितिको बैठक २०७७ फागुन २७ गते शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कुरा नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्ण प्रसाद पौडेल ले जानकारी दिनु भएको छ ।
यति बेला नेपाली कांग्रेसको अर्जुन दृष्टि पार्टी को १४ औ महाधिवेशन , जनसरोकारका बिषयहरुमा पहल कदमी , सडक र संसदमा सशक्त प्रतिपक्षको भूमिका अनि मात्रै बैकल्पिक सरकार निर्माण तर्फ सुनिश्चित आधारहरु तय गर्नु अत्यावश्यक देखिन्छ ।

 

लेखक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन ।